रोशन भण्डारी
बुटबल, ८ माघ । नेपाली काँग्रेसका युवानेता गगन थापाले नेपाली काँग्रेस ज्युदो रहेको बताएका छन । प्रधानमन्त्रीले संसद विघटन गरेको विरुद्धमा काँग्रेसलले बल्ल आन्दोलन सुरु गरेको बताउँदै काँग्रेसका कार्यकर्तालाई निराश नहुँन आग्रह गरेका छन । उनले काँग्रेस अबको निर्वाचनमा जनताको माझमा गएर दुईतिहाई ल्याएर जितेर आउँछौँ, अनि सिंहदरबार कसरी चलाउने हो कम्युनिष्टलाई देखाउँछौँ, नेता थापाले भने ।

प्रधानमन्त्री केपी ओलीलाई बालकोट पठाउँछौँ, राष्ट्रपतिलाई पनि घर पठाउँछौँ नेता थापाले भने । नेपाली काँग्रेस बुटबल उपमहानगरपालिकाले बुटबलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले अदालतलाई छिटो निर्णय गर्न आग्रह गरेका छन ।

छिटो अदातललाई निर्णय लिन आग्रह गर्दैँ, संसद पुनःस्थापना हुन्छ, त्यसपछिको हिसावकिताब संसद भवनभित्रै हुन्छ, थापाले भने । प्रधानमन्त्री ओलीको अहिलेको प्रवृत्ति पुस ५ गतेको मात्रै नभई तिन वर्ष अगाडी नै संसद विघटन गर्ने सोच रहेको छ । प्रधानमन्त्रीमा निर्वाचित हुदाँ बधाई दिदाँ थापाले तपाई निरङकुशताको बाटोमा लाग्नुहुन्छ भन्ने सोचेको थिए, आज त्यसैमा परिणत भयो ।

प्रधानमन्त्रीको फोटोकपि प्रदेश नम्बर ५ का मुख्यमन्त्रीको रहेको बताउँदै व्यङ्गमा गगने भने ‘प्रधानमन्त्री भाग–२ यहाँका मुख्यमन्त्री रहेको बताए’। कोभिडले देश बर्बाद हुदाँ बालुवाटार छोडेर प्रधानमन्त्री कार्यालयमा पुग्न सक्नुभएन ? तर उहाँ अस्वस्थ छु, भन्ने ओली धनगढी पुग्न सक्नुभयो ।

अरुले ट्याक्टर चलाउँछन, हामी त प्लेन चलाउछौँ, प्लेनमा दुईवटा ड्राईभर हुन्छन, भन्ने ओली कहाँ छन ? बालुबाटरमा डोजर लगाउँने विष्णु पौडेलले भोली तपाईलाई पनि डोजर लगाईदेलान, निकाल्दीनुहोला तपाईलाई नि ? थापाले व्यङ्ग हानेका छन । नेपाल कम्युनिष्ट पार्टी तिनवर्ष अगाडी रातारात मिलेको कम्युनिष्टको परिणाम देखिएको बताएका छन ।