मालारानीको खनमा काङ्ग्रेसको सरकारविरुद्ध विरोध सभा सम्पन्न

315

बिष्णु खनाल
मालारानी, ८ माघ । मालारानी गाउँपालिका वडा नम्वर ४ खनमा नेपाली काङ्ग्रेसको विरोध सभा सम्पन्न भएको छ । खनको लुटिपोखरिमा भएको विरोध सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काङ्ग्रेस पुर्व जिल्ला कोषाध्यक्ष हरि बहादुर खड्काले ओलि सरकारले गरेको प्रतिनिधि सभा विघटनले लोकतन्त्र खतरामा परेको बताउनुभयो । उहाले अब लोकतन्त्रलाई बचाउन गाउँ गाउँबाट सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल विद्यार्थी संघ केन्द्रिय सहमहामन्त्री ललिता सुनारले तरुण युवाहरु ओलि सरकारले चालेको असवैधानिक कदमका विरुद्ध गोलवद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रम वार्ड सभापति लक्ष्मण पोख्रेलको सभापतित्व, पुर्व पार्टि सचिव थानेस्वर खनालको स्वागत र पार्टी सचिब रबिन खड्काको सन्चालनमा सम्पन्न भएको हो । विरोध सभा कार्यक्रममा सयौ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।