शितगंगाको सितापुरमा सरकारविरुद्ध काँग्रेसको विरोध प्रदर्शन

642

झनक केसी,
सितगंगा, ८ माघ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा सरकार बिरुद्ध काँग्रेसले बिरोध प्रदशन गरेको छ । नेपाली काँग्रेस वडा कार्य समितीका उपसभापति यदुप्रसाद कास्यपको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी नेपालि काँग्रेस सन्धिखर्क नगरपालिका सभापती बिनोद आचार्य, पुर्व पार्टी सभापति रामराज घिमिरे, नेपाली काँग्रेस नगर शिक्षा समितिका सभापति राजेन्द्र केसि, लगाएत विभिन्न टोल कमिटिका प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमको सञ्चालक सागर पौडेलले बताउँनुभयो ।

कार्यक्रमका बोल्दै प्रमुख अतिथी आचार्यले ओलि सरकारले उडन्ते कुरा सुनेर रमाइलो त लाग्यो, हास्य पात्रले यसरी दुःख गरेर ल्याएको संविधानलाई धरापमा राखेर जनतालाई पिडित बनाएको असंबैधानिक कदमले सिंगो देशनै धरापमा परेको बताउँनुभयो । उहाँले सरकारको अलोकतान्त्रिक कदमविरुद्ध काँग्रेस सडकमा आएको बताउँनुभयो ।