शर्मामाथि छानबिन प्रतिवेदनबारे ओलीको टिप्पणीः सत्य र तथ्यमा आधारित छैन

175

काठमाडौं, १४ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताए ।

समितिको प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओलीको भनाइ छ । राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको यो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने तर्क गरेका छन् ।

अध्यक्ष ओलीले आफ्नो पार्टीलाई यो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढने आफ्नो पार्टीको अडान रहेको बताए। समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा प्रतिवेदन आएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गरेका छन् ।