पाणिनीको धातिवाङ्गमा सरकारविरुद्ध काँग्रेसको विरोधसभा सम्पन्न

450

हिन्दुखबर संवाददाता
अर्घाखाँची, ८ माघ । नेपाली काँग्रेस जिल्ला कार्य समिती सदस्य संगीता बेल्वासेले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली निरङकुशता भएको आरोप लगाउँनुभएको छ ।

नेपाली काँग्रेस पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै महिला नेतृ बेल्वासेले नेपाली जनताले कम्युनिष्टलाई दिएको बहुमतको अपमान भएको बताउँनुभयो ।

कार्यक्रममा पाणिनी ६ का वडा अध्यक्ष शुभबहादुर सारु, क्षेत्रिय सदस्य हरिप्रसाद पौडेल, महिला विभाग जिल्ला सदस्य मिना बेल्वासे, वडा सदस्य खगिश्वर पौडेल, महिला संघका अध्यक्ष अमृता पौडेल, शिक्षक संघका हिमलाल पौडेल लगाएतले सरकारको अलोकतान्त्रिक कदमको विरोध गरेका थिए ।

कार्यक्रम पाणिनी ६ धातिवाङ्गका सभापति शोभाखर पौडेलको अध्यक्षता, महिला संघ जिल्ला सदस्य जानका पौडेलको स्वागत र नेविसंघ अर्घाखाँचीका उपाध्यक्ष घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा काँग्रेसका सयौँ नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।