सैद्धान्तिक विचलन छाेडर सत्ताकाे बाटाेमा विप्लव हिडेकाेले पार्टी विभाजन भयाे: संयाेजक धर्मेन्द्र बास्ताेला

1093

घनश्याम पाैडेल
अर्घाखाँची, १५ साउन । नेकपा कम्युनिस्ट पार्टी बहुमतका केन्द्रीय संयाेजक धर्मेन्द्र बास्ताेला (कन्चन) ले सैद्धान्तिक विचलन छाेडर सत्ताकाे बाटाेमा महासचिव हिडेकाेले पार्टी विभाजन भएको बताएका छन् ।

जनपत्रकार सगठन अर्घाखाँचीले सन्धिखर्कमा आयाेजना गरेकाे पत्रकार भेटघाटमा संसदीय व्यवस्थाभित्र राजनितीमा विप्लव प्रस्थान गरेकाेले पार्टी विभाजन भएको बताए ।

पार्टीकाे बैठकमा चुनावमा जान नहुने ४५ जना र विप्लव सहित २७ जना चुनावमा जानुपर्छ भन्ने धारणा राखी पार्टीका महासचिव विप्लव संसदीय व्यवस्थाभित्र आत्मसमर्पण गर्न खाेजेकाे आराेप लगाएका छन् ।

नेपाल पनि श्रिलंककाकाे बाटाेमा जान लागेकाे बताउँदै देशमा युद्व नभएपनि धनी, गरिब कुनै मानिस सन्तुष्ट नभएको कन्चनले बताएका छन् ।

जनता सड्कका आएर आन्दाेलन गरेर संविधान बदलेमा मात्रै राजनितीक स्थिरता हुने बताएका छन् । जननिर्वाचित कार्यकारी राष्ट्रपति, सासंदबाट मन्त्री बनाउन नहुने बताउँदै विज्ञ मान्छेलाई ल्याएर मन्त्री बनाउनुपर्ने, प्रधानन्यायाधीश जननिर्वाचित हुनुपर्ने बताउँदै न्यायपालिका, व्यवस्थापिका र कार्यपालिका जनताबाटै निर्वाचित हुनुपर्ने आफ्नाे पार्टीकाे धारणा रहेकाे स्पष्ट पारेका छन् ।

जनपत्रकार संगठनका केन्द्रीय सदस्य अनिल नेपालीकाे अध्यक्षता, अयन विककाे सञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बहुमतका कपिलवस्तु, अर्घाखाँची ईन्चार्ज शेरमान, पार्टीका शेक्रेटरी नवीन खड्का लगाएतकाे उपस्थिति रहेकाे थियाे ।