महँगी र भ्रष्टाचारविरुद्ध एमालेले काठमाडौंमा आज प्रदर्शन गर्दै

172

काठमाडौं, १६ साउन । नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध आज काठमाण्डौमा जनप्रदर्शन गर्ने भएको छ ।

सरकारले महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै एमालेले जनप्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महँगीले नागरिक ठूलो मारमा परे पनि महँगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन्दै जनप्रदर्शनबाटै सरकारलाई खबरदारी गर्न लागेको बताए ।