सत्तारुढ गठबन्धनमा जुट्यो सहमती, ४ मंसिरमा चुनाव हुने

334
File photo

काठमाडौं, १८ साउन । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागी सत्तारुढ गठबन्धनमा सहमती जुटेको छ । आगामी मंसिर ४ गते चुनाव गनेगरी सहमती भएको बैठकमा सहभागी एक नेताले बताए ।

सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेता भन्छन्, ‘मंसिर ४ मा चुनाव गर्ने सहमति भएको छ, भोलिको मन्त्रीपरिषद बैठकले मिति घोषणा गर्छ ।’

निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो ।