पत्रकारीताको आडमा राजनीतिक एजेन्डा !

875

सुरेशमणि त्रिपाठी
आजभोलि राजनीतिक बजारमा केही नयाँ मिडिया स्टन्टकारहरुले आफ्नो बोल्ने कला मार्फत उकुसमुकुस मा रहेका भावनामा सजिलै वहकिने सिधासाधा नेपालीहरुलाई शब्दको जालमा फसाई सिंहदरबारको शिकार गर्ने सपना बुन्दै पूर्व देखि पश्चिम र उत्तर देखि दक्षिण विभिन्न ठाउँमा गई शब्दको चारो छरी सिकारलाई आफूतिर आकर्षित गर्न भरपूर कोशिश गगरिरहेका छन्।

कुनैपनि राजनीतिक पार्टी र त्यसका पदाधिकारीहरु स्वतन्त्र हुँदैनन्, तिनीहरु पार्टीको विधानमा बाँधिएका हुन्छन्। त्यसैले आफूलाई स्वतन्त्र पार्टी भन्नु भनेको जनतालाई फेरि पनि भ्रमित र गुमराह गर्नु हो।

राष्ट्रको चौथो अङ्ग जस्तो मर्यादित र उत्तरदायित्विक पद ग्रहण गरी जनतालाई सही सुचनाबाट बञ्चित गराई मुलुकलाई निकास दिन्छु भनि वक्तव्य दिंदै हिँड्नु आफैमा पनि हाँस्यस्पद छ।

किनभने राष्ट्रमा घटेका विभिन्न भ्रष्टाचारका मुद्दा जस्तै लअभिि, माओवादी क्यान्टोनमेन्ट ओमनी ग्रुप र यती ग्रुप लगायत थुप्रै मुद्दाहरू कति घण्टा, कति दिन र कति महिना मिडियामा लगतार बज्यो त्यो सबैले थाहा भएकै विषय हो।

त्यसैले काँडेतार सिमानामा हैन आ-आफ्नो गाउँ, घर, टोल, वडामा लगाउन जरुरी छ किनकी राजनीतिक भेसमा घुमीरहेका विभिन्न बहुरूपीयाहरुबाट गाउँ, सहर, टोल जोगाउन जनता एकजुट भएर उभिन एकदमै आवश्यक छ। किनकी घरभित्रको भ्रष्टाचारी दुराचारी घरभित्रका लाई नै बढी थाहा हुनेभएकोले बाहिरको दुश्मन बाट जोगाउन हाम्रा बहादुर सिपाहीहरु दिन-रात सिमानामा पहरा दिई आफ्नो नियमित काममा खटि नै रहेका छन्।