हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

116

बुटवल ।  मिति २०७९÷०४÷२५ गते बुधबारका दिन महाकवि देवकोटा क्याम्पस अन्तर्गत अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा यसै क्याम्पसको सभाहलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । महाकवि देवकोटा क्याम्पसका क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगितामा सहायक क्याम्पस प्रमुख, विभागिय प्रमुखहरु, शिक्षक शिक्षिका साथै स्नातक तह अन्तर्गतको बी.बी.एस र बी.एड मा अध्ययनरत विद्यार्थीहरु गरी करिव १५० बढीको सहभागिता रहेको थियो ।

१७ समूहको सहभागिता रहेको उक्त प्रतियोगितामा सेलेक्सन राउण्ड संचालन गरिएको थियो । सेलेक्सन राउण्ड बाट १० समूह बाहिरीएका थिए । त्यस पछि बाकी ६ समूहमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिता जनरल राउण्ड, अडियो राउण्ड, भिजुअल राउण्ड र रेपिड फायर राउण्डमा विभाजन गरी संचालन गरिएको थियो । प्रतिस्पर्धाबाट १६ अङ्क सहित माछापुछ«े समूह प्रथम, १४ अङ्क सहित अन्नपूर्ण समूह द्वितीय र १३ अङ्क सहित कञ्चनजङ्घा समूह तृतीय भएका थिए ।

विजयी समूहलाई सभाध्यक्ष ढकालले मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रम समापनको अवसरमा बोल्दै सभध्यक्ष ढकालले विद्यार्थीहरुलाई विभिन्न सेवाआयोगको तयारी गर्न सहज होेस् भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको भन्दै यस्ता कार्यक्रमहरुबाट विद्यार्थीहरुको ज्ञानको दायरा पनि फराकिलो हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन शिक्षक हरिदत्त शर्माले गर्नुभएको थियो ।