शितगंगा-६ जुकेनामा एमालेबाट निर्वाचित पुर्व वडाअध्यक्ष सहित ३६ जना काँग्रेस प्रवेश

1397

हिन्दुखबर संवाददाता
अर्घाखाँची, ८ माघ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ जुकेनामा नेकपा परित्याग गरी काँग्रेस प्रवेश गर्नेको लहर लागेको छ ।

नेपाली काँग्रेस वडा कार्य समितीले आयोजना गरेको विरोध सभामा नेकपाबाट असन्तुष्ट भएका एमाले बाट निर्वाचित पुर्व वडा अध्यक्ष तुल बहादुर भाट सहित साबिक ७ बाट २० जना काँग्रेस प्रवेश गरेका छन ।

त्यस्तै नेकपाका युवा नेता चन्द्र रेश्मि सहित साबिक ८ बाट १६ जना गरि जम्मा ३६ जना प्रबेश गरेको काँग्रेसले जनाएको छ ।

विरोध सभा नेपाली काँग्रेस सिनपा वडा नं. ६ का सभापति टामलाल ज्ञवालीको अध्यक्षता, प्रमुख अतिथी ट्रेड युनियन काङ्ग्रेस लुम्बिनी प्रदेश सचिब नन्दराम भट्टराई, आमन्त्रित जिल्ला सदस्य मिना पौडेल, नेपाली काङ्ग्रेस सितगंगा रुपन्देही सम्पर्क समिति अध्यक्ष बिष्णु पौडेल, अतिथि रामजित पौडेल, कमल ज्ञवाली, डोमलाल न्यौपाने लगायतले मन्तव्य राख्दै ओली सरकार अलोकतान्त्रिक भएको आरोप लगाए । कार्यक्रममा सयौंको संख्यामा उपस्थिति रहेको थियो ।

अर्घाखाँची काँग्रेसको किल्ला, काँग्रेस प्रवेशको लहर लाग्यो: सभापति मुस्कान