पाणिनीको मैदानमा सरकारको असंबैधानिक कदम विरुद्ध काँग्रेसको विरोध सभा

198

कमला घिमिरे
पाणिनी, ८ माघ । नेपाली काँग्रेस पाणिनी गाउपालिका वडा नं. ५ मैदानले ओली सरकारको अलोकतान्त्रिक कदमविरुद्ध विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

विरोध सभालाई सम्बोधन गर्दै काँग्रेसका महासमिती सदस्य केशव श्रेष्ठले केपि ओलि सरकार भ्रष्टाचारी बलत्कारी, कालोबजारी गर्नेहरुको संरक्षणमा लागेको बताउँनुभयो ।

उहाँले यस सरकारको अलोकतान्त्रिक कलम विरुद्ध सम्पुर्ण नेपाली जनता एकजुट हुन र केपि ओलिको भ्रममा पुर्ण अभिव्यक्तिमा नअल्मलिन जनतालार्इ आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस पाणिनी मैदानका सभापति शालिकराम घिमिरेको सभापतीत्व रहको कार्यक्रममा काँग्रेसका पुर्व कोषाध्यक्ष टोपलाल गैरेको स्वागत र शिक्षक संघका हरिप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपसभापति नेत्रप्रसाद गैरे, तरुणदल पाणिनी संयोजक लक्ष्मण पाण्डे, महिलासंघ सभापति पार्वता घिमिरे, महिला नेतृ तुलसा घिमिरे, नेबिसंघका बिकास घिमिरे, शिक्षक युनियनका अध्यक्ष गणेश घिमिरे लगाएतले मन्तव्य राख्नु भएको थियो ।