ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता विधेयक सही, गठबन्धनको सरकारले ल्याएको गलतः नेम्वाङ

298
प्रेस चौतारी नेपाल अर्घाखाँचीको पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष नेम्बाङ । तस्विरः घनश्याम

घनश्याम पौडेल
अर्घाखाँची, ३० साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नागरिकता विषय संवेदनशील भएको बताएका छन् । राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधयकको कदम स्वाभाविक भएको बताएका छन् । हाम्रो देश खुला सिमाना छ, भारतबाट नेपालमा बिबाह गरेर आउँछन् उनीहरुलाई ७ वर्षपछि नागरिकता दिने गरी सहमती भएको थियो, तर अहिलेको सरकारले प्रतिपक्षलाई नसोधी विधेयक संसदबाट पास गरेको बताएका छन् ।

प्रेस चौतारी अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले गठबन्धनको सरकारले संसदमा पेश गरेको नागरिकता विधेयकमा संसोधनलाई प्रत्येक बुदाँबुदाँमा एमालेका सासंदले मतदान गर्दा गठबन्धनका अगाडी एमाले पराजित हुनु स्वभाविक हो ।

नागरिकता विधेयकमा केपी ओली नेतृत्वको सरकार हुदाँ नै गैरआवासिय नेपाली नागरिकताको पहल एमाले नेतृत्वको सरकारले पेश गरेको विधेयक ठिक भएको बताउँदै अहिलेको सरकारले पेश गरेको विधेयक गलत भएको टिप्पणी गरे । राष्ट्रपतिबाट फिर्ता पठाएको संन्देशसहित संसदमा आएको छ, संसदबाटै टुंगोमा पु¥याउँने धारणा एमालेको रहेको नेम्बाङ बताए ।

विधेयकमाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छलफल हुने र त्यसपछि सुरुको प्रक्रियाझैँ दुवै सदनले त्यो विधेयक पहिलेकै रूपमा वा संशोधन गरेर फेरि पठाउछ, नागरिकता विधेयकमा संविधानले प्रदान गरेको अधिकारका आधारमा राष्ट्रपतिले नेपालको हितमा राखी फिर्ता पठाएको टिप्पणी गरेका छन् ।

४ वर्ष लगाएर सबै दल सहमत भएर सर्वसम्मतले पास गरेको विधेयक गठबन्धनको सरकारले समितीमा नपठाई आफै परिमार्जन गरको आरोप लगाए। संसदमा लगेर छलफल नगरी ओली नेतृत्वको सरकारले पेश गरेको विधेयक फिर्ता लगेर नयाँ संसोधन गरी विधेयक ल्याएकोले एमालेले विरोध रहेको बताए ।