शितगंगा-९ मा नेकपा परित्याग गरी ४८ जना काँग्रेसमा प्रवेश, नगरप्रमुख अधिकारीद्धारा पार्टीमा स्वागत

286

बाबुराम सापकोटा
शितगंगा, ८ माघ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ९ मा नेकपा परित्याग गरी ४८ जना काँग्रेसमा प्रवेश गरेका छन ।

ससंद विघटन, सर्वसत्तावाद र भष्ट्रचार विरुद्धमा लोकतान्त्रिक संविधान रक्षाको पक्षमा शितगंगा नगरकार्यपालिका वडा नं. ९ वडा कार्यसमितिको आयोजना विरोध सभामा नेकपा परित्याग गरी ४८ जना नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।

काँग्रेसमा प्रवेश गरेकाहरुलाई शितगंगा नगरपालिका प्रमुख तथा काँग्रेसका महासमिती सदस्य सुर्यप्रसाद अधिकारीले काँग्रेसमा प्रवेश गराउँनुभएको हो । नवप्रवेशीहरुलाई काँग्रेस नेपाली जनताको पार्टी भएकाले संगठनको हितमा काम गर्न आग्रह गर्नुभयो ।

साथै नवप्रवेशीलाई पार्टीले उचित स्थान दिने बताउँनुभयो । उहाँले शितगंगा नगरको विकास काँग्रेसले मात्रै गर्न सक्ने बताउनुभयो । काँग्रेसको पालामा नगरलाई समृद्ध बनाउँने नगरप्रमुख अधिकारीले बताउँनुभयो ।

ओली सरकारले अलोकतान्त्रिक तबरले संसद विघटन गरेको कार्य नेपाली जनताको हितमा नभएको प्रमुख अधिकारीले बताउँनुभयो ।

कार्यक्रम वडा पार्टी सभापति ज्ञानेस्वर वेल्वासेको अध्यक्षता, दुर्गा वेल्वासेको सञ्चालनमा सम्पन्न कार्यक्रममा मानबहादुर सारु, नेबिसंघका सन्दिप पुन लगाएतले मन्तव्य राखेका थिए ।