महाकवि देवकोटा क्याम्पसमा तीज गीत तथा नृत्य प्रतियोगिता

594

बुटवल । 
नेपाली संस्कृतिको जर्गेना गर्ने तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई संस्कारी बनाउने उद्धेश्यले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको विशेष अवसर पारेर मिति २०७९/०५/१० गते शुक्रबारका दिन अतिरिक्त क्रियाकलाप शाखाको आयोजनामा यसै क्याम्पसको सभाहलमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको अध्यक्षता, संचालक समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भाएको सो प्रतियोगितामा व्यवस्थापन संकाय प्रमुख भिमलाल ढकाल, शिक्षिका सुलोचना अर्याल र पवित्रा पौडेल निणर्यक मण्डलमा रहनुभएको थियो । सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुखहरु क्याम्पसको बी.बी.एस तथा बी.एड. संकायमामा अध्ययनरत विद्यार्थीहरु गरी करिव १५० बढीको सहभागिता रहेको थियो । जम्मा ९ वटा समूहको प्रतिस्पर्धा रहेको सो प्रतियोगितामा तीन जना निणर्ायकद्वारा जम्मा १०५ पूणर्ाङ्कमा मूल्याङ्कन गरिएको थियो । जसमा जम्मा ६१ अङ्क सहित एलिशा बस्याल सान्त्वना, ६३ अङ्क सहित कविता न्यौपाने तृतीय, ६४ अङ्क सहित प्रतिमा अधिकारी र कामना भण्डारीको समूह दोस्रो साथै ६९.५ अङ्क सहित मनिषा न्यौपाने प्रथम भएका थिए । कार्यक्रममा प्रमुख अतिथि लामिछानेले देवकोटा क्याम्पस सामुदायिक क्याम्पस भएको हुनाले नेपाली संस्कृतिको संरक्षण गर्नु क्याम्पसको दायित्व हो त्यसैले नेपाली संस्कृतिको जगेर्ना गर्न क्याम्पसले यो कार्यक्रमको आयोजना गरेको भन्दै संस्कार नभएसम्म हामी संस्कारी बन्न नसक्ने हुनाले हामीले आफ्नो पहिचान कायम गर्न हाम्रो संस्कृतिको जोगाउनु पर्ने विचार राख्नुभयो । कार्यक्रम समापनको अवसरमा सभाध्यक्ष ढकालले कार्यक्रममा उपस्थित सम्पूणर्लाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सुलोचना अर्र्यालको स्वागत मन्तव्य र शिक्षक हरिदत्त शर्माको संचालन रहेको थियो ।