केपी ओलिको तानाशाही प्रवृत्तिले गर्दा काँग्रेस सड्कमाः काँग्रेस नेतृ भण्डारी

381

सुमित्रा पौडेल
अर्घाखाँची, ९ माघ । नेपाली काँग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीका उपसभापती शान्ता भण्डारीले सरकारको प्रतिगामी कदम बिरुद्ध नेपाली कांग्रेसले देशभर आन्दोलन चर्काउनुपरेको बताउँनुभएको छ ।

पाणिनी गाउँपालिका वडा नं. ८ पालीमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेतृ भण्डारीले “केपि ओलिको तानाशाही प्रबृत्तिले गर्दा सांसद विघटन भएको, जसका कारण काँग्रेसले आन्दोलन चर्काउनु परेको बताउँनुभयो ।

केपी ओलिको तानाशाही प्रवृत्तिले गर्दा काँग्रेस सड्कम आउँनुपरेको उहाँले बताउँनुभयो ।

लोकतन्त्र रक्षाको लागि संविधान जोगाउन, जनता लाई सुशासन दिनको लागि नेपाली काङ्ग्रेस सडकमा आन्दोलित हुनु परेकाले सरकार चलाउन नसकेर भाग्ने अनि नेपाली काङ्ग्रेस आउ देश बचाउ” भन्न थालेको जनताको आवाज रहेको बताउँनुभयो ।

पालिमा सम्पन्न कार्यक्रम नेपाली कांग्रेस पाणिनि ८ का सभापति यज्ञ प्रसाद पौडेलको सभापतित्व, सचिव खवर मियाको सञ्चालनमा सम्पन्न भएको थियो । विरोध कार्यक्रममा चोपलाल खनाल, नुरमहमत अलि, मधु पन्थ लगायतले मन्तब्य राख्नुभएको थियो । पालिमा नेकपा परित्याग गरी ७ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।