महाकवि देवकोटा क्याम्पसमा तीज नृत्य प्रतियोगिता सम्पन्न

341

बुटवल । महाकवि देवकोटा क्याम्पस सामाजिक सांस्कृतिक क्लवको गतेका दिन हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर यसै क्याम्पसको सभाहलमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

महाकवि देवकोटा क्याम्पस सामाजिक सांस्कृतिक क्लवका संयोजक प्रदिप अर्यालको अध्यक्षता, यसै क्याम्पसका क्याम्पस प्रमुख नारायणप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रतियोगितामा सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी. विशेष अतिथि रहनु भएको थियो ।

सो कार्यक्रममा बी.बी.ए., बी.आइ.सी.टी ई अध्यापन गर्ने शिक्षक शिक्षिका साथै विद्यार्थीहरु गरी १०० बढीको सहभागिता रहेको थियो । प्रतियोगितामा शिक्षक हरिदत्त शर्माको संयोजकत्वमा शिक्षक पदम पाण्डे र शिक्षिका सुलोचना अर्याल सहितको तीन सदस्यीय निर्णायक मण्डलद्वारा प्रतियोगिताको मूल्याङ्कन गरिएको थियो ।

जम्मा चार समूहको सहभागिता रहेको उक्त कार्यक्रममा ८३ अङ्क सहित समीक्षा गैरेको समूह प्रथम र ८० अङ्क सहित रन्जु पन्तको समूह द्वितीय भएका थिए । शुभकामना मन्तव्यका क्रममा शिक्षक पिताम्बर सापकोटाले विद्यार्थीहरुले यस्ता कार्यक्रम गरेर एकातिर हाम्रो संस्कृतिको संरक्षण गरेका छन् भने अर्कोतिर खर्चव्यवस्थापन र योजना तर्जुमा गर्ने सीप विकास गरेका छन् ।

भन्दै कार्यक्रम आयोजकलार्ई धन्यवाद दिनुभयो कार्यक्रममा प्रमुख अतिथि ढकालले संस्कारले नै हाम्रो पहिचान निर्माण गर्ने भएको हुनाले संस्कारी बन्नु पर्ने कुरामा जोडदिँदै तीजलाई संस्कृति युक्त वस्तविक तीज बनाउनु पर्ने आवस्यकता रहेको तर वर्तमान अवस्थामा तडक भडकमा तीज मनाउन थालिएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बी.बी.ए. पाचौँ सेमेष्टरमा अध्ययनरत नम्रता काफ्लेको स्वागत मन्तव्य र बी.बी.ए. तेस्रो सेमेष्टरमा अध्ययनरत कृति न्यौपानेको संचालन रहेको थियो ।