के हामी कार्यकर्ता हुन लायक छाै ?

292

टंकमणि घिमिरे

जव चुनाव आउछ ; शुरू हुन्छ कार्यकर्ता काे माग अर्थात एक किसिम काे राेजगारी नै पाए जस्ताे हुन्छ ! युवा युवतीमा !! एक किसिम काे उर्जा आउछ । हात का मुड्कीहरू कसिन थाल्छन र जिन्दावाद र मुर्दावाद काे चर्काे स्वरमा आवाज निकाल्न थाल्छाै । एउटा झण्डा वाेक्नु र जुलुसमा जानु का सैध्दान्तिक रूपमा भिन्नताहरू आफै ले गंम्भिर भएर साेचका छाै ? या लहडमा भड्किएका छाै ? चुनाव जित्नु र हार्नु का आधारहरू कसरी निर्धारण गरिएकाे छ ।

त्यसमा हाम्रा प्रयास कसरी अगाडी वढेका छन ? कहिल्लै साेचिएकाे छ ? पटक्कै छैन । भाषण लाई विकास मानियाे ; कानेखुशी लाई आत्मियता ठानियाे । मन्चमा राखिएका कुर्सिमा यसाे वस्न पाएकाे खण्डमा ठुलै मानिस भएकाे अनुभूत गरियाे ।

अझ वरीपरि माइकिगं गर्न पाएकाेमा र सगै पछि लाग्न पाएकाेमा ए .. म ठुलै मानिस हुँ भन्ने आत्मरतीमा मख्ख पर्दै खुशी भइरहेका छाै ।यिनै विशेष त्रुटि विचका विविधतामा समाज काे ऐना फुटिरहेकाे छ । हाम्रै लापरवाही कै कारण देश चलाउने मानिस क्षमता याेग्य हुनु पर्नेमा “ गुण्डा” “ हत्यारा” “ डाका” “ अपराधि” हरू कै वाहुल्यता वढि रहेकाे छ ।फेरी हामी उनै कै जय जयकार गरिरहेका छाै … के हामीमा कार्यकर्ता वन्न याेग्यता क्षमता विकसित गरेका छाै या नेता काे खल्ति वाट सय डेडसय हातमा राखि दिए पछि दंग भैइरहेका छाै ? विवेक विचार र विश्लेषण जव सम्म आफै ले गर्ने हैसियत राख्दैनाै तव सम्म गलत राजनीति काे जग हल्लिने छैन । जस्काे कारण उहि भ्रष्ट्र चरित्र कै बाेलवाला भैइरहने छ ।

जुन आजका परिदृश्य ले देखाई रहेकाे छ । ए !! मलाई उस्ले चिनेकाे छ भनेकै आधारमा चुनावि सभा काे रंगिन रमझममा दाैडिरहेका छाै या विवेक तर्क संगत आधारमा “ निष्ठा” र “ इमान्दार “ मानिस काे खाेजि गरेका छाै ? के हामी ले साेचेका छाै त ? अंह छैन ! असफल भएपनि उसैलाई नेता उसैलाई सम्मान उसैलाई माला हाम्राे विशेषता वनिरहेकाे छ । फेरि एक पटक चुनाव जिते पछि सधै उसैले जित्नु पर्ने उहि नेता भैइरहनु पर्ने उसै लाई भाेट दिइरहनु पर्ने जुन क्षमता र दक्षता काे कुनै नाप ताैल नचाहिने त्यस्ता किसिम का खेल लाई अनुमाेदन गर्न लायक हामी कार्यकर्ता हाै ? या असल कार्यकर्ता हुन याेग्य छाै अर्थात ति आधार काे स्वविवेक रूपमा अनुशन्धान गरेका छाै त ? अझै वुझ्न हामी ले सकेका छैनाै ! हामी भित्रका यिनै कमजाेरीका कारण समाजमा गरिवी काे खाडल वढिरहेकाे हाे ! आज विश्व राजनीति ले संसार लाई कहा वाट कहा पुर्यायाे तर हामी कहाँ छाै ?? अन्धकार मा हाम्रा जवानीहरू सकिएका छन । सामान्यतया ६ वर्ष देखि २५ वर्ष सम्म काे विद्यार्थी जिवन र त्यसपछि कर्मशिल जिवन नयाँ रेखांकन भएकाे सरल सहज जिवन वन्न सकेकाे छ या छैन ? अथवा हामी कति अलमल्लिएका छाै ।

त्याे हामी आफै ले साेचनिय विषय हाे तर त्याे हुन सकेन । परिवार लाई कसरी व्यवस्थित गर्ने छाेरा छाेरी पढाउने कसरी उपचार कसरी गर्ने वस्ने वास कहाँ कसरी निर्माण गर्ने ति आधार के र कसरी गर्न सकिन्छ ? भन्ने पिरलाेमा पिलाे जस्ताे पाकेकाे जिवन कस्ले गर्दा भयाे ? त्याे हामी ले वुझेनाै पटक्कै साेचेनाै ! यि सव राजनीतिका गलत रवाैया कै कारण जनता ले दुख पाउनु पर्याे । केहि दलाल लाई हुने फाइदामा जनता का सुख सुविधा मेटिदै गए । यि सव हामी कार्यकर्ता वनेकै कारण निर्माण भएका गलत संस्कारहरू हुन जस्ले समाज लाई सुन्दर हुन दिएन । हामी कार्यकर्ता वन्याै तर त्याे वन्न लायक हामी थियाै या थिएन त्याे साेचिएन ।

हाम्रै ढाँडमा टेकेर हामी कै गर्धनमा हान्ने उनै कै पछि “जिन्दावाद” भनिरयाै ! समाज काे स्वरूप वदलिदैन ; स्वभाव वदलिनु पर्ने हाे ! जव स्वभावमा सानाे स्वार्थ मा अलमलिन्छाै । चाटुकारहरू ले समाज काे स्वाभिमान मा वलत्कार गर्न माहिर वनिदिन्छ ।

आज त्यहि भएकाे छ ; अर्थहिन मानव सभ्यता कै घिन लाग्दा चरित्रमा रहेका पात्रहरू अझ खुलेयाम गर्व गर्दै घाँटीमा माला लगाएर हिडिरहेका छन । उनै काे पछि हामी “ ज़िन्दाबाद”भन्दै हिडिरहेका छाै ! चुनावमा जे पनि गरिदिन्छु भनेकै आधार विश्वास गर्छाै तर त्याे भन्ने मानिस कति इमान्दार छ त्यसकाे कुनै आधार खाेज्दैनाै । केहि पत्रकार काे खाेल आेडेकाहरू पनि निष्पक्ष भन्ने चिज के हाे भन्ने नै थाहा पाउदैनन ।

त्यहि संक्रिणता कै वरिपरी छन । अन्धकार भित्र धिपिर धिपिर वाेलेकाे वत्ति पनि निभाएका छन । के अव पनि हामी ले साेच्ने वेला भएन गम्भिर भएर विचार गरेनाै भने उनै “ पापि” समाज लाई “ वलत्कार” गर्ने कै “ जित” भैइरहने छ । असल मानिस काे खाेजि नगरे सम्म सफलता का सप्तरंगी किरण देखा पर्ने छैन । हामी त्यस्ताे कार्यकर्ता वनाै जहाँ हाम्रा आगामी सन्तान काे लागि सुरक्षित सफल समाज वनाेस । के सम्भव छ ? अवश्यमेव सम्भव छ तर अझै पनि गलत प्रवृतिगत संरचना वाट अगाडि हिडने हाे भने यिनै पात्रहरू ले देश अझै गिजाेल्ने छन । यति सुन्दर देश लाई अझ विगार्ने छन । ठेक्का पट्टा मा नै राजनीति गर्ने नेता काे चरित्र भए पछि कसरी समाज काे स्वच्छन्दता सुन्दर वन्न सक्छ ? अव कार्यकर्ता नवनाै समाधान फेला पार्ने निणार्यक पथप्रर्दशक वनाै ! नेता काे नजिक फाेटाे खिच्दैमा ठुलै भए भनेर नसाेचाै देश त्याे तस्वीर भित्र सिमित रहने छैन ; जव सम्म असल मानिस काे प्रवेश हुदैन खराव ले खरावै गरिरहने छन ।

जुन आज समाज देश ले भाेगिरहेकाे छ । पचासाै लाख मानिस विदेशमा भाैतारीनु पर्ने अवस्था के सहज मान्न सकिन्छ ?? सकिदैन र पटक्कै हाेइन ! देशमा राेजगार ल्याउन सक्ने यिनी मा न कुनै हैसियत र दुर्दशिता छ न त याेजना !! फगत बाेले कै भरमा नेता हुने प्रवृती काे अन्त्य जरूरी छ .. के यस्तै संरचनामा हामी कार्यकर्ता वन्न लायक छाै .. हामी कार्यकर्ता वनेकै कारण देश दाेहन भैइरहेकाे छ भने त्यसकाे ज़िम्मेवार हामी हुनु पर्छ कि पर्दैन । तसर्थ अव आफै जागाै र भाेट विचार भन्दा व्यक्तित्व र इमान्दार मानिस लाई दिने जागरण शुरू गर्नु जरूरी छ । अन्यथा उनै गलतै गलत काे चक्रव्यूह काे रणभूमीमा समाज का सपना भूँइमै पाेखिरहने छन …. अव चेतना लिने कि …