File photo

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री जसले दिन्छ, उसैसँग मिल्ने तयारी सुरु गरेका छन । प्रदेश नं. १ र वागमती प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै देउँवाले जसले मुख्यमन्त्री कांग्रेसलाई दिन्छ उसैलाई सहयोग गर्ने बताएका छन् । आज बागमती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा प्रस्तुत हुँदैछ । नेकपा पार्टी फुटसँगै बागमतीमा प्रचण्ड माधव पक्षले पेश गरेको अविश्वास प्रस्तावमा कांग्रेसको धारणा तय गर्न देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा जुन पक्षले मुख्यमन्त्री कांग्रेसलाई दिन्छ, उसैलाई साथ दिने बताएका हुन् । प्रदेशभित्रको अवस्था बुझ्न प्रदेशसभा संसदीय दलका नेता इन्द्र बानियाँलाई काठमाडौं बोलाइएको छ । बैठकमा रामचन्द्र पौडेल,रामशरण महत, गगन थापा, नविन्द्रराज जोशी लगायतका नेता सहभागी थिए ।