अर्घाखाँची, ३ असार । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. २, पोखराथोकका पदम बहादुर सार्कीले १५ दिनसम्म पाणिनी गाउँपालिकाको आयोजनामा सञ्चालित “वाद्यवादनका सामग्री बनाउने सिप विकास तालिम” लिए पछि खुशी भए ।
पाणिनी गाउँपालिकाको आ।व। २०८०/०८१ को स्वीकृत वार्षिक विकास कार्यक्रम बमोजिम समावेशीकरण तथा मूलप्रवाहीकरण कार्यक्रम अन्तर्गतको वाद्यवादनका सामग्री बनाउने सिप विकास तालिममा वडाबाट छनौट भई दुर्गाफाँटमा आएका सार्की भन्छन् “ वाद्यवादन बनाउने तालिम लियौँ, हामीसँग सिप कम थियो, तालिम पश्चात दक्ष बन्यौँ ।
पाणिनी गाउँपालिका वडा नं। ३, खिदिमका भरत बहादुर पुन भन्छन् “हामीहरूले समूहगत रूपमा वाद्यवादनका सामग्रीहरू विशेषतः पञ्चे बाजा, नौमती बाजा बजाउने गर्दै आएका छौँ । हाम्रा दमाहहरू बिग्रदा बनाउन कैँ लागि पाल्पा, बाग्लुङ्ग पुग्नु पर्थ्यो, अब यही तालिम लिए पछि सिप सिकेका छौँ, सहजै दमाहा र मादलहरू यहीँ बनाउन्छौँ । ” तालिममा सहभागी सार्की र पुन जस्तै ६ वटा वडाहरूबाट सहभागी १३ जना यो तालिम लिन पाए पछि खुशी छन् ।
२०८१ जेठ २० देखि २०८१ असार २ गतेसम्म सञ्चालन भएको वाद्यवादनको सामग्री बनाउने सिप विकास तालिमको समापनमा गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले “हरेक समुदायले प्रयोग गर्ने लोकप्रीय बाजा मादल र दमाहा बनाउन सिकेको सिप सिपमा मात्र सीमित नराखी व्यवसायीक बन्दै आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गर्नुभयो र सहभागीले उत्पादन गरेको मादल तथा दमाहाको बजारीकरणमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलले “पाणिनी गाउँपालिकामा व्यावसायिक रूपमा मादल, दमाहा उत्पादन नहुँदा मादल, दमाहाहरू टाढा टाढा जस्तैः पोखरा, बुटवलबाट खरिद गरी ल्याउनु पर्ने अवस्था रहेकोमा यस तालिमको सिपलाई सदुपयोग गर्दै सो अवस्थाको अन्त्य गर्न” प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो ।
पाणिनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत एवम् समापन कार्यक्रमका अध्यक्ष रोमनाथ न्यौपानेले “मादल, दमाहाहरू हाम्रो साझा मौलिक सम्पत्ति भएकाले सबैको सुख दुःखका सहयात्री यी बाजाहरूलाई संरक्षण एवम् प्रवर्द्धन गर्नुपर्ने र यस तालिमबाट सिकेको सिपलाई भरपूर उपयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।
पाणिनी गाउँपालिका, वडा नं. ६ का वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलेले “यस विभिन्न वाद्यवादनका सामग्री बनाउने सिप विकास तालिमबाट प्राप्त सिपले पछिल्लो समय सङ्कटमा परेको मादल, दमाहा बनाउने पेशालाई पुनर्जीवित गर्न र सिपको पुस्तान्तरणमा योगदान पुर्याउन यस तालिम महत्त्वपूर्ण भएको बताउनु भयो । साथै सहभागीहरूलाई यहाँ सिकेको सिपको प्रयोग गरी मादल, दमाहा बनाउने कार्यमा व्यवसायिक रूपमा लाग्न अनुरोध गर्नुभयो ।”
कार्यपालिका सदस्य मान बहादुर वि।क। ले “मादल र दमाहा बनाउने मानिसहरूलाई हेयको दृष्टिले हेर्ने गरेकोमा पछिल्लो समयमा यस माग, प्रयोग एवम् बजारीकरण व्यापकता आएसँगै आम मानिसहरूको दृष्टिकोण र बुझाइसमेत परिवर्तन हुँदै आएको सन्दर्भ जोड्नुभयो ।
कार्यक्रम संयोजक सहायकस्तर पाँचौँ राजन महत्राले “कार्यक्रम जुन उद्देश्यले राखिएको थियो, सो उद्देश्य हासिल भएको र यस तालिमबाट सहभागीहरूले मादल र दमाहा बनाउन निपूर्ण हुनुभएकोमा सो सिपलाई निरन्तर अभ्यासबाट निखारता ल्याई उद्यमशीलता र स्वरोजगारीको बाटोमा अग्रसर हुन आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको अध्यक्षता, उद्यम विकास सहजकर्ता डम्बर डाँगीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा नं. ८ वडा अध्यक्ष रोमबहादुर पाण्डे, कार्यपालिका सदस्य मान बहादुर विक, तारा पौडेल, विन्दु परियार, प्रशिक्षक हिरा बहादुर आलेले दिएका थिए ।