वाल्मीकि विद्यापीठको आवरणलाई नियाल्दा

गणेश लम्साल । समय बलवान् छ । जे हुन्छ समयकै कारणले हुन्छ । समयको अधीनमा छौँ हामी । हिजोको अवस्था आज छैन, आजको भोलि हुँदैन । परिवर्तन समयको माग हो । समयले विभिन्न परिवर्तनको महसुस गराउँछ । परिवर्तन हुन उपयुक्त समयको खाँचो पर्दछ । समय भएपछि हरेक चिजमा परिवर्तन देखा पर्छ । वाल्मीकि विद्यापीठको पनि समय आएछ । धेरैलाई जीवन दिएको वाल्मीकि विद्यापीठले अहिले आफैले पुनर्जीवन पाएको छ । अहिले विद्यापीठले दिन दुगुना रात चौगुना भनेझैँ परिवर्तन महसुस गरिरहेको छ । विद्यापीठमा भएका परिवर्तन आँखै अघिका कुरा हुन् । अहिले विद्यापीठ उज्यालिएको छ । विद्यापीठ मुस्कुराएको छ ।

वाल्मीकि विद्यापीठको भौतिक संरचनमा परिवर्तन भएको छ । विद्यापीठका बाहिरी पर्खाल रङ्गिएका छ्न् । ती पर्खाल काठमाडौँका प्राचीन,धार्मिक एवम् सांस्कृतिक सभ्यता झल्काउने मठमन्दिर, पोखरी, दरबारलगायतका चित्रले सजिएका छन् । विद्यापीठको मूलद्वारको डिजिटल बोर्डले प्राचीन सभ्यता, संस्कृति र दर्शनको संरक्षण गर्ने थलो भइकन पनि आधुनिकतातिर लम्कदै छ है भन्न खोजेको बुझिन्छ । प्रवेशपछि देखिने सम्मुख र दाँयातिरको फूलबारीले आँखा तानिहाल्छ । दायाँतर्फ नै बगैँचा निर्माण गरी दुबो रोपिएको छ । विद्यापीठको वातावरणमा प्राकृतिक स्वच्छता भेटिन्छ । बाँयातर्फको भित्तामा शैक्षणिक र प्रशासनिक भवनबाट उपलब्ध हुने सेवासम्बन्धी जानकारी दिने गरी सूचना राखिएको छ । अलिक अगाडि बनाइएका गणेश, व्यास, सरस्वती , बुद्ध र सप्तर्षिलगायतका तस्बिरले संस्कृतको थलो हो है भन्ने जनाइरहेका छन् । भित्तामा मानवजीवनकै परम लक्ष्यको रूपमा वेदव्यासविरचित अठार पुराणको सार लेखिएको छ –

अष्टादशपुराणेषु व्यासस्य वचनद्वयम् ।परोपकार: पुण्याय पापाय परपीडनम् ।। परोपकारको पाठ पढाउने केन्द्र हो विद्यापीठ ।अशान्त विश्वलाई शान्त बनाउने केन्द्र हो विद्यापीठ । म हैन हामी भन्ने भावनाको विकास गराउने केन्द्र हो विद्यापीठ । त्यहाँका तस्बिरले बोलका छन्,“ यो संस्कारको थलो । यो संस्कृतिको थलो हो । यो सभ्यता संरक्षणको थलो हो । यो त संस्कृतको थलो पो हो । यो त जीवन दर्शनको थलो हो । यहाँ वेद घन्किन्छ । वेदान्तलगायतका दर्शनको चर्चा हुन्छ । पुराणका कथाले मन अह्लादित बन्छ । ज्योतिषको गहिराइमा पुगेर ब्रह्माण्ड चहारिन्छ । साहित्यमा कालीदासहरूको सामीप्यता भेटिन्छ । धर्मशास्त्रीका चिन्तनमा धर्मको मूल भेटिन्छ । यो पौरस्त्य दर्शनको केन्द्र हो । यहाँ जीवन जिउने कला सिकाइन्छ । ´´ विद्यापीठको अगाडिपट्टि माता सरस्वतीको प्रतिमा प्रतिष्ठित छ । सरस्वती न: सुभगा मयस्करत् अर्थात् माता सरस्वती हामीलाई ऐश्वर्यप्रदान गर्ने होऊन् । यो हाम्रो आदर्श वाक्य नै हो । माताको अनुकम्पा विना हाम्रो गति छैन । सरस्वती मातालाई दाहिने पारेर शैक्षणिक भवन प्रवेश गर्न सकिन्छ । वर्षौँदेखि उजाडिएको यो शैक्षणिक भवन अहिले रङ्गिएको छ । यसका झ्याल ढोका र छानो मर्मत गरिएको छ । कक्षाकोठाहरू सफा छन् । कक्षाकोठा व्यवस्थित बनेका छन् , बन्दै पनि छन् । दुई तलाको यस भवनमा लेखिएका वेद, उपनिषद् ,योग, नीतिशास्त्रलगायतका आदर्श वाक्यहरूले विद्यार्थीलाई आफ्नो कर्म,आचारण र ज्ञानआर्जनप्रति अभिप्रेरित गरिराखेको आभास हुन्छ । यहाँ लेखिएको छ – सङ्घर्षद्वारे हि श्रिय: फलन्ति अर्थात् सङ्घर्षको ढोकामा नै ऐश्वर्य फल्दछन् । यस्ता वाक्यहरूले विद्यार्थीलाई घच्घचाइरहेछ्न् , जगाइरहेछन् ।

शैक्षणिक भवनको केन्द्रभागमा महर्षि वाल्मीकिको प्रतिमा छ । वाल्मीकि स्वयम् नै शास्त्र हुन् । उनकै नामबाट सञ्चालित यस विद्यापीठमा उनलाई पढ्न र बुझ्न सक्नु विद्यार्थीको कुरा हो । एवम् क्रमले यस भवनको माथिल्लो तलमा विषयअनुसारका विभाग छुट्ट्याइएको छ । केही विभाग तल्लो तलामा पनि छन् । विद्यार्थीको सहजताका लागि प्रत्येक विभागमा विषय शिक्षक र कक्षाको समयतालिका राखिएको छ । कोरोनाकालमा यस भवनको एउटा कक्षालाई स्मार्ट कक्षा पनि बनाइएको छ । माथिल्लो तल्लामै वेधशाला पनि छ तर हाल यो सञ्चालनमा छैन । वि सं २०७२ को भूकम्पले पुस्तकालय भवनमा क्षति पुगेकाले यस भवनकै एउटा कोठमा पुस्तकालय सेवा उपलब्ध गराइएको छ । शौचालयको राम्रो व्यवस्था छ । शैचालयको सरसफाइमा ध्यान दिइएको छ । खानेपानीको व्यवस्था पनि छ । हिलाम्मे र धुलाम्मे हुने विद्यापीठको अग्रभागमा ब्लक बिच्छाइएको छ । चउरमा बास्केटबल खेल्नका लागि ठाउँ बनाइएको छ । सवारी साधनका निम्ति पार्किङस्थल पनि बनेको छ । छेउछाउमा अम्बा, अनारलगायतका विभिन्न फलफूलका बिरुवाहरू रोपिएका छन् । अम्बा र अनार त फलेकै छन् । विभन्न जातका फूलहरू फुलेका छन् । अरू बिरुवाहरू बढ्ने क्रममा छन् । यसरी विद्यापीठले परिवर्तन चाखिरहेको छ । विद्यापीठको परिवर्तनमा धेरै सङ्घसंस्थाहरूले हातेमालो गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाडौँ महानगर, काठमाडौँ महानगरका २८ लगायतका वडा, विभिन्न सरकारी एवम् गैरसरकारी सङ्घ संस्थाहरूले विद्यापीठको भौतिक उन्नयनमा हातमा हात मिलाएका छन् ।

यी सबै कार्यको संयोजक र नेतृत्वकर्ता हुनुहुन्छ विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकाल । उहाँको नेतृत्वमा विद्यापीठको मुहार फेरिएको छ । विद्यापीठमा दिनानुदिन काम भइरहेकै देखिन्छ, जसले विद्यापीठको मुहार उज्यालिएको छ । काठमाडौँका मेयर बालेन शाह बन्नु अघिसम्म विद्यापीठको बाहिरी भागमा थुप्रिने फोहोरको गन्ध कक्षासम्म आइपुग्थ्यो । फोहोरले टुकुचाको पुलदेखि विद्यापीठको प्रवेशद्वारसम्मको भाग ढाकेको हुन्थ्यो । हरेक दिन फोहोर ढङ्गुर हेरेर विद्यापीठ प्रवेश गर्नुपर्ने हुन्थ्यो । विद्यापीठमा प्रवेश गर्नै नमिल्ने गरि पनि फोहोर फालिएको हुन्थ्यो । फोहोर हप्तौँ थुप्रिने समस्या थियो । अति भएर एक पटक आन्दोलनमै उत्रिन परेको पनि थियो ।

आन्दोलनमा हल्काफुल्का भाटा पनि खाइयो तर समस्या भने समाधान हुन सकेन । केही दिनपछि फोहोरको डङ्गुर उस्तै थुप्रिन थाल्यो । समस्या जहाँको त्यहीँ रह्यो । नेतृत्व फेरियो समस्याको पनि समाधान भयो । अहिले त्यहाँ फोहोर फाल्न छाडिएको छ । फुटपाथ हिँड्न लायक बनेको छ । नालीको उचित व्यवस्थापनले विद्यापीठको अगाडिपट्टि पानी जम्ने समस्या समाधान भएको छ । यसका लागि काठमाडौँ महानगर, त्यसका वडा कार्यालयहरू र महानगर प्रमुख बालेन शाहलाई विशेष धन्यवाद छ, जसले गर्दा विद्यापीठको वातावरण स्वच्छ बनेको छ । ( लेखक वाल्मीकि विद्यापीठका विद्यार्थी हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

अर्घाखाँची पाली रूपन्देही सम्पर्क समाजद्वारा ५१ युनिट रक्तदान, प्रशंसा–पत्रबाट सम्मानित

अदालतले म्याद थप्न मानेन, एक दिनमै छुटे दुर्गा प्रसाईँ

हप्ताको पहिलो कारोबार सोमबार सामान्य अंकले घट्यो सेयर बजार

बनेपामा जनै बनाउने प्रशिक्षण कार्यक्रम सम्पन्न

धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img