१४ मंसिर २०८०, बिहिबार
spot_img
१४ मंसिर २०८०, बिहिबार
spot_img

दाङ घोषणापत्र २०८० जारी गर्दै १८ औं राष्ट्रिय ज्योतिष सम्मेलन सम्पन्न

दाङ, १८ । नेपाल ज्योतिष परिषद्को १८ औं राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलन दाङ घोषणापत्र २०८० सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दै सूचना प्रविधि मन्त्री रेखा शर्माले ज्योतिषशास्त्र र पुर्वीय दर्शनको संरक्षण गर्नुपर्ने बताएकी छन् ।
जोतिषशास्त्र गणितीय सूत्रमा आधारित विज्ञान भएकाले उल्लेख गर्दै उहाँले यस क्षेत्रमा अझै बढी खोज अनुसन्धान आवश्यक रहेको बताउनुभयो । ज्योतिषशास्त्रलाई अन्धविश्वासबाट मुक्त गरेर गणितीय विज्ञानको रुपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै उहाँले दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले ज्योतिषशास्त्रसहित समग्र पूर्वीय दर्शनको अध्ययन अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । नेसंविलाई नेपालको मात्र नभई विश्वकै पूर्वीय अध्ययनको केन्द्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
हरेक दर्शनले जीवन दर्शन सिकाउने र त्यसका आधारमा मानव सभ्यताको विकास हुने उल्लेख गर्दै मन्त्री शर्माले पूर्वीय दर्शनले मानव समाजलाई सकारात्मकतातर्फ अघि बढाउने बताउनुभयो । जोतिषशास्त्रमा आबद्ध हुने युवाहरुको संख्या बढ्नुको खुशीको कुरा भएको औल्याउँदै उहाँले यसको खोज, अनुसन्धान र प्रयोगलाई समयानुकुल प्रविधिसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा विशिष्ट अतिथि परिषद्का संस्थापक अध्यक्ष डा लोकराज पौडेल, घोराही उपमहानगर उपमेयर हुमा डिसि, दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष डा सहदेव विष्ट, धार्मिक अभियन्ता डा चिन्तामणी योगी, जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख रामबन्धु अधिकारी, गोव्रती स्वामी योगिराज, परिषद्का लुम्बिनी प्रदेश अध्यक्ष मेघराज आचार्य, दाङ जिल्ला अध्यक्ष कपिलदेव सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थिए भने महासचिव कमलप्रसाद काफ्लेले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल ज्योतिष परिषद्को मुख ज्योतिष सन्देश समेत लोकार्पण गरिएको थियो र परिषद्को रजतवर्ष विशेष २५ औं वार्षिक साधारण सभा समेत सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रमको दोस्रो सत्रमा उपप्राध्यापक कपिलदेव सुवेदीले वैदिक वास्तु र इन्जिनियर लक्ष्मीप्रसाद सोतीले आधुनिक वास्तु सँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए भने तेस्रो सत्रमा प्राडा अर्जुनप्रसाद भट्टराईले ज्योतिषमा विद्या र सन्तान विषयक र प्रा प्रेमकुमार आचार्यले संस्कारको महत्त्व र सोह्र संस्कारहरु विषयक कार्यपत्र प्रस्तुत गरिएको थियोे ।

कार्यक्रममा सूचना प्रविधि विशेषज्ञ सुदर्शन पौडेल, युवा ज्योतिषी हरिहर अधिकारी लगायत विशिष्ट ज्योतिषीहरुलाई सम्मान गर्नुका साथै दाङ घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रमा आगामी २०८० पौष २४ गते २५ औं रजत वर्ष भव्य र सभ्यका साथ काठमाण्डौमा मनाउने, नेपाल ज्योतिष परिषद्को उत्कृष्ट डाइरेक्टरी हाते पुस्तिकाको रुपमा वि.स. २०८१ को वैशाखमा विमोचन गर्ने, नेपाल ज्योतिष परिषदलाई नेपालको ज्योतिषीय संस्थाहरुको नियामक संस्थाको रुपमा विकसित गर्न नेपाल सरकारसँग जोडदार माग गर्ने, ज्योतिषीय आचार संहिताको पूर्णरुपमा पालना गर्ने, समान उद्देश्य, समान लक्ष्य र परिकल्पना भएका अर्थात एउटै प्रकृतिका नेपाल भित्र रहेका अन्य ज्योतिषीय संस्थाहरुसँग एकताको लागि आव्हान गर्ने, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा संस्थागत प्रतिनिधित्व गराउन पहल गर्ने, नेपालमा दर्ता भएका दक्षिण एशियाली ज्योतिष महासंघलाई दक्षिण एशियाका विभिन्न देशमा पुर्याउन र विश्व ज्योतिष महासंघलाई विश्वभरि फैलाउनका लागि नेपाल ज्योतिष परिषद्ले सशक्त रुपमा सहयोग गर्ने र ती संस्थाहरुलाई समेत नेपाल ज्योतिष परिषद्लाई सहयोग गर्न आग्रह गर्ने, नेपालमा ज्योतिष सम्बन्धि व्यवसाय गर्नको लागि व्यवसायिक अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने र सो अनुमतिपत्र दिने अधिकार नेपाल ज्योतिष परिषद्लाई प्रदान गर्न नेपाल सरकारलाई अनुरोध गर्ने लगायतका विषय समेटिएको घोषणापत्र तयारी समितिका संयोजक आचार्य सन्तोष वाशिष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा विश्व ज्योतिष महासंघका उपाध्यक्ष चिन्तामणी पोख्रेल, नरेश सिंह, महासचिव राजिव आचार्य, राष्ट्रिय समितिका सभापति कृष्णप्रसाद अर्याल, लुम्बिनी प्रदेश सभापति जनार्दन न्यौपाने, दक्षिण एसियाली ज्योतिष महासंघका सभापति लक्ष्मण पन्थी, उपाध्यक्ष प्रेम प्रसाद पराजुली, कार्यवाहक महासचिव भरतमणी ज्ञवाली, राष्ट्रिय समितिका सभापति खिलनाथ काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्र केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको अध्यक्षता, सचीव प्राडा अर्जुनप्रसाद भट्टराईको सन्चालन एवम् उपाध्यक्ष सन्तोष वाशिष्ठको स्वागतमा सम्पन्न भएको केन्द्रीय सदस्य शिवलाल पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️