काठमाडौं । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा जुरेको जनाएको हो ।
टिका लगाउने उत्तम साइत १०:५१ बजे भएपनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिका सदस्य सचीव आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभएको छ । प्रेस विज्ञप्ति जारी आज अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णायक समितिले विभिन्न देशको भाइटिकाको शुभ साइत सार्वजनिक गरेको हो ।