युएईविरुद्धको खेलमा नेपाल पाँच विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नै फाइनल प्रवेश गरिसकेको नेपाल राउन्ड रोविनमा अपराजित रह्यो ।

मूलपानीस्थित क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सुरुवाती ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोडेको थियो ।

लगातार ३ चौका प्रहार गर्दै राम्रो सुरुवात दिलाएका खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले बोल्ड गरे । उनले १२ रन जोडेका थिए । तेस्रो ओभरको चौथो बलमा कप्तान मुहमद वासिम ८ रन जोडेर बाहिरिए । उनलाई पनि सोमपालले नै आउट गरे । पहिलो पावर प्लेमा युएईले ५५ रन जोडेर २ विकेट गुमाएको थियो ।

तेस्रो विकेटको रुपमा आसिफ खानलाई व्यक्तिगत १८ रनमा गुल्सन झाले क्याच आउट गराए । अलिशान शराफु ९ रनमा आउट भए । भृत्य अरविन्द ४५ रनमा अभिनास बोहोराको बलमा बोल्ड भए । बासिल हमिदले पनि ४५ रनको योगदान दिए । नेपालका लागि सोमपाल र अभिनासले २-२ विकेट लिए । करण केसी र गुलसनको नाममा १-१ विकेट रह्यो ।

१ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालको सुरुवात कमजोर रह्यो । दोस्रो इनिङको चौथो बलमा कुशल भुर्तेल मुहमद जवादुल्लाको बलमा बोल्ड भए । दोस्रो ओभरको पाँचौ बलमा सोमपाललाई अकिफ राजाले मैदान बाहिर पठाए ।

तेस्रो ओभरमा कुशल मल्ल रन आउट भएपछि नेपाल ११ रनमा ३ विकेट गुमाएको खराब अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि आसिफ शेख र कप्तान रोहितकुमार पौडेलले ९९ रनको साझेदारी गर्दै नेपाललाई पुनरागमन गराए । आसिफ शेख ६२ र रोहित ४७ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरीले १५ बलमा एक छक्का र ६ चौकासहित ४० रनमा अविजित रहँदै नेपालको जित पक्का गरे ।

यूएईका मोहम्मद जवादुल्लाहले २, अकिफ राजा र जहूर खानले एक-एक विकेट लिए ।

नेपाल यो खेलअघि नै फाइनलमा प्रवेश गरिसकेको थियो । फाइनल पुग्ने अर्को टिमको टुंगो बुधबार हुने हङकङ र यूएईबीचको खेल पछि लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img