विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्रीले गरे इजरायली अधिकारीसँग कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका  हमास इजरायल युद्धमा बन्दी र बेपत्ता भएकाहरूका लागि कामको संयोजन गरिरहेका गल हिर्शसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् ।

मन्त्री साउदको सचिवलायका अनुसार शुक्रबार बिहान भएको टेलिफोन संवादमा हिर्शले जोशीको रिहाइका लागि आफूहरूले पहल गरिरहेको जानकारी दिएका छन् ।

परराष्ट्रमन्त्री साउद ‘दोहा २१ औं फोरम’ मा सहभागी हुन शनिबार कतार जान लागेका छन् । कतार भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले जोशीको रिहाइको पनि पहल गर्ने बताइएको छ ।

‘विपिन जोशीको रिहाइका बारेमा हामीले आफ्नो तर्फबाट सकरात्मक प्रयास गरिरहेका छौँ । यसअघि युद्धविरामको समयमा रिहाई गर्ने भरपुर कोशिस गरिएको थियो, त्यसलाई हामीले निरन्तरता दिइरहेका छौं’, इजरायली विदेशमन्त्री कोहेनले साउदसँगको टेलिफोन संवादका क्रममा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img