अर्घाखाँचीमा १० मेगावाट सौर्य ऊर्जा आयोजना अन्तिम चरणमा

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको सन्धिखर्कमा १ अर्ब १० करोडको लागतमा निर्माण भइरहेको १० मेगावाटको सौर्य ऊर्जा परियोजना ८५ प्रतिशत सम्पन्न भएको छ।
  • आगामी असोज महिनाभित्रै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको यो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
  • विद्युत् उत्पादनका साथै सोलार र एग्रो टुरिजमको विकास गर्दै स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने परियोजनाको लक्ष्य छ।

अर्घाखाँची, २९ भदौ । वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले अर्घाखाँचीको सन्धिखर्कमा निर्माण भइरहेको १० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना अन्तिम चरणमा पुगेको छ। सन्धिखर्क नजिकै बाह्रै महिना पर्याप्त घाम लाग्ने डाँडामा निर्माण भइरहेको अर्घा सौर्य ऊर्जा परियोजनाको काम करिब ८५ प्रतिशत सम्पन्न भएको हो।

अर्घाभगवती भेन्चर्स प्रालिमार्फत अर्घा सौर्य ऊर्जा कम्पनीले करिब १ अर्ब १० करोड रुपैयाँको लगानीमा आयोजना निर्माण गरिरहेको छ। तीन वर्षअघिदेखि सुरु भएको आयोजनाको निर्माण कार्य तिव्र गतिमा अगाडी बढीरहेको छ । आगामी असोजसम्म आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित काम भइरहेको कम्पनीले जनाएको छ।

सन्धिखर्क सदरमुकाम नजिकै करिब २ सय ६० रोपनी भिरालो पाखोमा सौर्य ऊर्जा प्लान्ट निर्माण भइरहेको छ। उक्त क्षेत्रमा करिब १७ हजार वटा सोलार पाता जडान गरिँदैछ। सोलार पाताबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना रहेको छ। आयोजनाका लागि आवश्यक पूर्वाधार निर्माण तथा सोलार पाता जडानको काम तीव्र रूपमा अघि बढिरहेको छ। परियोजना सञ्चालनमा आएपछि अर्घाखाँचीमा नवीकरणीय ऊर्जाको उत्पादन बढ्नुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। परियोजना तयार गर्दा र सञ्चालन भएपछि स्थानीयले नियमित रोजगारी पाउने कम्पनीले जनाएको छ।

अर्घाभगवती भेन्चर्स प्रालिका प्रतिनिधि डिल्लीराज पौडेलले ‘विद्युत् उत्पादनसँगै परियोजनालाई थप लाभदायक र आकर्षक बनाउन कृषि तथा ऊर्जा पर्यटनसँग सम्बन्धित योजनासमेत अघि बढाइरहेको बताए।’ उनका अनुसार सौर्य ऊर्जा परियोजनालाई ‘सोलार टुरिजम’सँग जोड्ने तथा नजिकै ‘एग्रो टुरिजम’को अवधारणालाई समेत अघि बढाउने तयारी भइरहेको छ।

‘सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा पनि अघि बढाएका छौँ। विगत तीन वर्षदेखि यहाँ काम भइरहेको छ। सौर्य ऊर्जा परियोजनाले स्थानीयलाई रोजगारीको अवसरसमेत प्रदान गर्नेछ,’ पौडेलले भने। परियोजनामा चारवटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना पनि रहेको छ। विद्युत् उत्पादनसँगै पर्यटन र कृषि गतिविधिलाई समेत जोडेर परियोजनालाई बहुआयामिक बनाउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची शाखा प्रमुख जर्नादन पौडेलले सौर्य ऊर्जा आयोजना सञ्चालनमा आउँदा विशेषगरी सुक्खा याममा विद्युत् आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने बताए। पौडेल भन्छन् ‘नेपालको विद्युत् प्रणाली जलविद्युत्मा बढी निर्भर रहेको भन्दै उनले हिउँद तथा सुक्खा याममा नदीमा पानीको बहाव घट्दा जलविद्युत् उत्पादनसमेत घट्ने बताए। ‘सुक्खा सिजनमा विद्युत् अभाव हुँदा भारतबाट समेत विद्युत् ल्याउनुपर्ने अवस्था छ। माग र उत्पादनको अवस्था मिल्दैन। यस्तो अवस्थामा सौर्य ऊर्जाले केही हदसम्म सहज बनाउँछ,’।

नेपालमा पछिल्ला वर्षहरूमा नवीकरणीय तथा वैकल्पिक ऊर्जाको विकासमा निजी क्षेत्रको लगानीसमेत बढ्दै गएको छ। जलविद्युत् आयोजनाको उत्पादन सुक्खा याममा घट्ने भएकाले त्यही समयमा उत्पादन गर्न सकिने सौर्य ऊर्जालाई ऊर्जा प्रणालीको पूरक स्रोतका रूपमा हेरिएको छ। सन्धिखर्कमा निर्माण भइरहेको यो आयोजना पनि सोही उद्देश्यअनुसार अघि बढाइएको कम्पनीको भनाइ छ।
परियोजनामा प्रयोग हुने अधिकांश सौर्य सामग्री चीनबाट खरिद गरिएको कम्पनीले जनाएको छ। आयोजना निर्माण सम्पन्न भएपछि विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग प्रतियुनिट ५ रुपैयाँ ९२ पैसामा विद्युत् खरिद–बिक्री सम्झौता गरेको जनाएको छ। आयोजनामा स्थानीयको सहभागिता बढाउन कम्पनीले सेयर खुलाएपछि स्थानीयलाई प्राथमिकता दिने तयारीसमेत गरेको छ।

हाल अर्घाभगवती भेन्चर्स प्रालिमा एक सयभन्दा बढी व्यक्तिको सेयर लगानी रहेको कम्पनीले जनाएको छ। लगानीकर्ताले पाँच सयदेखि एक हजार कित्तासम्म सेयर लगानी गरेका छन्। सौर्य ऊर्जा उत्पादन, स्थानीय रोजगारी, कृषि र पर्यटनलाई समेत एकीकृत गर्ने योजनाका कारण आयोजना अर्घाखाँचीका लागि बहुआयामिक परियोजनाका रूपमा अघि बढेको छ। आयोजना निर्धारित समयमै सम्पन्न भएर सञ्चालनमा आएमा जिल्लाको ऊर्जा उत्पादनमा वृद्धि हुनुका साथै स्थानीय अर्थतन्त्र र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

युवा ज्योतिषी पन्थीको भारतमा भव्य स्वागत र सम्मान

कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, पार्किङ स्थल र बगैंचा बुकिङ

विभिन्न धार्मिक संघसंस्थाहरुद्वारा भोटेकोशी बाढीका मृतकहरुको सम्झनामा दिप प्रज्वलन

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img