काठमाडौं मेडिकल कलेज र साथी सहकारीबीच सम्झौता, साथीका सदस्यहरुले उपचारमा २० प्रतिशत छुट पाउँने

घनश्याम पौडेल
अर्घाखाँची, १२ चैत । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा स्थापना भएको साथी बचत तथा ऋण सहकारी संस्था र काठमाण्डौँ मेडिकल कलेज प्रालिका उपचारमा छुट दिने सम्झौता भएको छ ।

काठमाडौंको सिनामंगलमा रहेको नेपालको एक प्रतिष्ठित शिक्षण अस्पताल र साथी साकोसबीच भएको सम्झौता अनुसार साथी साकोसको सिफारिसमा जाने बिरामीहरुको उपचारका लागि मेडिकल कलेजले सहुलियतमा उपचार गराउँने भएको छ ।

काठमाण्डौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सैना शर्मा र साथी साकोसका अध्यक्ष प्रकाश भुसालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

दुई संस्थाले गरेको सम्झौताअनुसार क्याविन, औषधी र उपचारमा लाग्ने औषधी बाहेकका अस्पतालले दिने सेवामा २० प्रतिशत छुट दिने भएको हो ।

यो सम्झौता भएसँगै साथी सहकारीका सदस्यहरुले सहुलियत रुपमा उपचार गर्न पाउँने साथी साकोसका अध्यक्ष प्रकाश भुसालको भनाई छ । सदस्यहरुको हितका निम्ती उपयुक्त सम्झौता भएको भन्दै आकस्मीक रुपमा विरामीहरु जानुपरेमा पनि अस्पतालसँग समन्वय गरी २४ घण्टाभित्र आवश्यक कागजपत्र पठाउँने गरी सम्झौता भएको हो ।

अर्घाखाँचीको सन्धिखर्क स्थापना भएको साथी सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगतका कामहरु गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img