हिन्दुखबरका सञ्चालक नेपाल ज्योतिष परिषद्को केन्द्रीय प्रवक्तामा मनोनित

अन्नतप्रसाद घिमिरे
काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको प्रवक्तामा अर्घाखाँची पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्ग निवासी शिवलाल पौडेल मनोनित भएका छन् । आज काठमाडौंमा बसेको सचिवालय समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेका पौडेललाई प्रवक्तामा मनोनित गरेको हो ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठबाट आचार्य प्रथम बर्ष अध्ययन गर्दै गरेका विद्यार्थी समेत रहेका शिवलाल पौडेल विगत ५ बर्ष देखि परिषद्का विभिन्न जिम्मेवारीहरु सम्हाल्दै आएका छन् ।
अर्घाखाँची जिल्ला सदस्य, संगठन सचिव, पाँचौ महाधिवेशनमा केन्द्रीय पार्षद तथा मन्च तथा भोजन व्यवस्थापन समितिको सदस्य सचिव, बागमती, सुदुरपश्चिम, कर्णाली, गण्डकी, मधेस प्रदेशमा निर्वाचन सदस्य र सिन्धुपाल्चोक, ललितपुर, मकवानपुर र काठमाडौँमा निर्वाचन सचिवका रूपमा सफल कार्यसम्पादन गरेका पौडेल नेपाल ज्योतिष परिषद्को कार्यालय सचिवको रुपमा समेत कार्यरत छन् ।
परिषद्ले दिएका हरेक जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्दै आएका पौडेलले आफु प्रवक्तामा मनोनित भएपछि ज्योतिष परिषद्को श्रीवृद्धी र संगठन विस्तारमा महत्त्वपूर्ण भुमिका खेल्दै आफ्नो जिम्मेवारी सफलतापुर्वक निर्वाह गर्ने बताएका छन् । पौडेल हिन्दुखबरका सञ्चालक पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img