वाल्मीकि विद्यापीठमा प्राध्यापक पाण्डे र घिमिरेको विदाई तथा सम्मान

उपप्रा.डा.उमेशप्रसाद घिमिरे । कार्तिक ११, काठमाडौँ । राजनीतिशास्त्रका प्राध्यापक डाक्टर लालमणि पाण्डेय र वेद विभागका प्राध्यापक डाक्टर आनन्दप्रसाद घिमिरे नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठबाट सेवानिवृत्त हुनुभएको छ । उहाँहरूको सम्मानमा आज वाल्मीकि विद्यापीठले विदाइ समारोह आयोजना गर्यो । वाल्मीकि विद्यापीठका प्राचार्य प्राध्यापक डाक्टरभागवत ढकालको अध्यक्षता एवम् नेसंवि प्राध्यापक संघका केन्द्रीय सभापति प्राध्यापक डाक्टर मुकुन्दप्रसाद लामिछानेज्यूको प्रमुख आतिथ्य , नेसंवि प्राध्यापक संघका पूर्वसभापति प्राध्यापक शम्भुराज गौतम, नेपाल संस्कृत विश्वविद्यालयका सभासद् प्राध्यापक डाक्टर नारायणप्रसाद चालिसे, नेसंवि प्राध्यापक संघका उपसभापति विष्णु पन्थी, नेसंवि प्राध्यापक संघका महासचिव डा. नारायणप्रसाद बराल, वाल्मीकि विद्यापीठ एकाइ समितिका सभापति प्राध्यापक घनश्याम भण्डारी, नेसंवि प्रगतिशील प्राध्यापक संघका इन्चार्ज प्रा.डा.ऋषिराम रेग्मी , प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य डा.प्रकाश तिवारी, नेसंवि प्राध्यापक संघका केन्द्रीय सदस्य ऋषिराम पौडेल, वाल्मीकि विद्यापीठ एकाइ समितिका पूर्वसभापति प्राध्यापक डाक्टर देवमणि भट्टराई, विद्यापीठका विभिन्न विभागका विभागाध्यक्ष, प्राध्यापक, कर्मचारी र विद्यार्थी संघसङ्गठनका प्रतिनिधिहरूको विशेष सहभागितामा आयोजित उक्त समारोह अत्यन्त भव्य, सभ्य र गरिमामय बनेको थियो ।

May be an image of 3 people and text

सर्वप्रथम वैदिक स्वस्तिवाचन तथा सरस्वतीक‍ो तस्वीरमा माल्यार्पणपूर्वक प्रारम्भ भएको समारोहमा वाल्मीकि विद्यापीठका तर्फबाट प्रदान गरिएको अभिनन्दनपत्रसहित दोसल्ला र माला समारोहका सभापति प्राचार्य प्राध्यापक डाक्टर भागवत ढकाल र समारोहका प्रमुख अतिथि नेसंवि प्राध्यापक संघका केन्दीय सभापति प्राध्यापक डाक्टर मुकुन्दप्रसाद लामिछानेले संयुक्त रूपमा प्रदान गरी निवृत्तद्वय प्राध्यापक डाक्टर लालमणि पाण्डेय, प्राध्यापक डाक्टरआनन्दप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।

May be an image of 5 people and text
सेवानिवृत्त गुरुहरुको अझ सक्रिय, स्वस्थ, ऊर्जाशील र समाजोपयोगी बनोस् भन्ने शुभकामना गरिएको थियो । उक्त समारोहमा स्वागत मन्तव्य वाल्मीकि विद्यापीठका सहायक प्राचार्य प्रा.अच्युतप्रसाद लामिछानेज्यूले राख्नु भएको थियो भने नेसंवि विद्यार्थीका तर्फबाट चोलेन्द्र रिजाल ,वाल्मीकि विद्यापीठ कर्मचारी प्रशासनका तर्फबाट टेकराज पाण्डेय, नेसंवि कर्मचारी प्रशासनका तर्फबाट रमेश जोशी, वाल्मीकि विद्यापीठ एकाइका तर्फबाट प्राध्यापक घनश्याम भण्डारी, नेसंवि प्राध्यापक संघका तर्फबाट पूर्वसभापति प्राध्यापक शम्भुराज गौतम, प्रगतिशील प्राध्यापक सङ्गठनका तर्फबाट प्राध्यापक डाक्टर ऋषिराम रेग्मी, नेसंवि प्राध्यापक संघका महासचिव डा. नारायणप्रसाद बरालज्यूले गुरुद्वयको प्राध्यापकीय व्यक्तित्वको उच्च प्रशंसापूर्वक शुभकामना मन्तव्य राख्नु भएको थियो ।

May be an image of 11 people, people smiling and text

विशिष्ट विद्वज्जन प्राध्यापकद्वयको अवकाशबाट नेपाल संस्कृत विश्वविद्यालयको प्राज्ञिक क्षेत्रमा अभाव खड्किने अवस्थाप्रति चिन्ता प्रकट गर्दै उहाँहरूको बौद्धिकतालाई विश्वविद्यालयले दोहन गर्न सके विश्वविद्यालय र निवृत्त प्राध्यापक दुवैको प्राज्ञिक उन्नयन हुने धारणा समारोहका प्रमुख अतिथि प्राध्यापक डाक्टर मुकुन्दप्रसाद लामिछानेज्यूले राख्नुभएको थियो। सभापति लामिछानेले राजनीतिशास्त्र विभागका विभागाध्यक्ष प्राध्यापक डाक्टर लालमणि पाण्डेयज्यू धर्मशास्त्री, कानुनविद्, प्राचार्य तथा ने.सं.विका शिक्षाध्यक्षको भूमिका निर्वाह गर्नुभएका एक मूर्धन्य विद्वान तथा बहुमुखी प्रतिभाका रूपमा चिनाउनुहुँदै उहाँको ओजस्वी, सक्रिय र सुखद् जीवनको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी वेद विभागका विभागाध्यक्ष प्राध्यापक डाक्टरआनन्दप्रसाद घिमिरेज्यूको विद्यार्थी कालदेखिको कुशाग्र बुद्धिको प्रशंसा गर्दै लामो समयदेखि नेपाल संस्कृत विश्वविद्यालयमा वेद विषय प्राध्यापन सहित प्राचार्य आदि प्रशासनिक भूमिका कुशलतापूर्वक निर्वाह गर्नुहुने धार्मिक जगतका अग्रणी मार्गदर्शक वेदविद्याका पारङ्गत विद्वान प्राध्यापक डाक्टर घिमिरेको अवकाश प्राप्त जीवन प्राज्ञिक, सामाजिक, धार्मिक, आध्यात्मिक क्षेत्रमा समर्पित हुन सकोस् भन्दै प्राडा लामिछानेले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्राडा लालमणि पाण्डेय र प्राडा आनन्दप्रसाद घिमिरेजस्ता प्राज्ञिक व्यक्तित्व तयार गर्नका लागि विश्वविद्यालयलाई लामो समय लाग्ने भन्दै उहाँहरूजस्ता मूर्धन्य विद्वानहरूको प्राज्ञिक सामर्थ्यलाई वाल्मीकि विद्यापीठ, संस्कृत विश्वविद्यालय, नेपाली समाज र नेपाल राष्ट्रले दोहन गर्नका लागि लामिछानेले सम्बन्धित पक्षसमक्ष अपिल समेत गर्नुभएको थियो ।

May be an image of 2 people, temple and text

सम्मान समारोहको अन्मात्य वाल्मीकि विद्यापीठका प्राचार्य प्राध्यापक डाक्टर भागवत ढकालले सेवा निवृत्त प्राध्यापकद्वय प्राध्यापक डाक्टर लालमणि पाण्डेय र प्राध्यापक डाक्टरआनन्दप्रसाद घिमिरेको प्राध्यापन कुशलता एवं उच्च प्राज्ञिकताको प्रशंसा गर्दै वाल्मीकि विद्यापीठले निवृत्ति कालमा समेत प्राध्यापक गुरुहरुबाट आवश्यक सहयोग, मार्गदर्शन तथा बौद्धिक परामर्श प्राप्त गरिरहने अपेक्षा गर्दै राजनीतिविद् पाण्डेय तथा वेदविद् घिमिरेको स्वस्थ, सक्रिय र आनन्दमय जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

May be an image of 1 person and dais

त्यसैगरी वाल्मीकि विद्यापीठ, वेदविभागले प्राध्यापक डाक्टरआनन्द घिमिरे र प्राध्यापक डाक्टर लालमणि पाण्डेयलाई दोसल्ला, माला र सम्मानपत्र प्रदान गरी गुरु अभिनन्दन गरेको थियो । उक्त अभिनन्दनपत्र निर्माता नेसंविका उपप्राध्यापक शिवराज लामिछानेले वाचन गर्नु भएको थियो भने उक्त समारोह कर्मचारी कृष्णप्रसाद निरौलाले सञ्चालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img