ज्योतिष परिषद् उपत्यका समितिको अध्यक्षमा बज्राचार्य

काठमाडौँ, कार्तिक २३ । नेपाल ज्योतिष परिषद् उपत्यका समितिको पाँचौ अधिवेशन केन्द्रीय कार्यालय डिल्लीबजारमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल ज्योतिष परिषद् केन्द्रीय अध्यक्ष केशव प्रसाद धिताल, विशिष्ट अतिथि संस्थापक अध्यक्ष डा.लोकराज पौडेल, कार्यकारी सभापति कमलप्रसाद काफ्ले, उपाध्यक्ष लिलाराज शर्मा, विश्व ज्योतिष महासंघका महासचिव राजीव आचार्य, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति खिलनाथ काफ्ले, जोशी समाजका केन्द्रीय अध्यक्ष ज्ञानेशमान जोशी, परिषद्का केन्द्रीय सचीव शिवलाल पौडेल लगायतले शुभकामना मन्तव्य दिदै परिषद्लाई एकढिक्का बनाउँदै आगामी दिनमा उपत्यका समिति अझ सबल र सुदृढ बनाउनका सुझाव दिएका थिए ।

उद्घाटन सत्र निवर्तमान अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीको अध्यक्षता निवर्तमान उपाध्यक्ष यज्ञरत्न बज्राचार्यको स्वागत मन्तव्य एवम् निवर्तमान सचीव भारतप्रसाद माहाजुको सन्चालनमा सम्पन्न भएको हो । अधिवेशनले निवर्तमान उपाध्यक्ष यज्ञरत्न बज्राचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा डिल्लीरत्न बज्राचार्य, उपाध्यक्षमा मेनुका जोशी, भारतप्रसाद माहाजु, सचीवमा दिनानाथ जोशी, सहसचिवमा भुप्रकाश जोशी, कोषाध्यक्षमा बद्रीनाथ गौतम, सहकोषाध्यक्षमा सुरोज बज्राचार्य चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा नरहरीदास जोशी, पुण्यरत्न बज्राचार्य, अष्टलक्ष्मी बज्राचार्य, लीला जोशी र सुशील श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।

नेपाल ज्योतिष परिषद्ले केन्द्रीय उपाध्यक्ष लिलाराज शर्मालाई प्रमुख निर्वाचन अधिकृत, सचीव शिवलाल पौडेललाई निर्वाचन सचीव र केन्द्रीय सदस्यलाई सुरजमुनी बज्राचार्यलाई निर्वाचन सदस्य बनाई अधिवेशन सम्पन्न गर्न जिम्मेवारी दिएको केन्द्रीय कार्यकारी सभापति कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img