पहिलोपटक १ हजार १११ साधक बटुकद्वारा सञ्चालित अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न

काठमाडौं । नेपालमै पहिलोपटक १ हजार १११ साधक बटुकद्वारा सञ्चालित अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न भएको छ ।  प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा कात्तिक २१ गतेदेखि आयोजना भएको महायज्ञमा दैनिक १० हजारभन्दा बढी श्रद्धालु भक्तजनहरुले उपस्थिति जनाएको आयोजक नेपाल महर्षि वैदिक फाउण्डेसनले जनाएको छ ।

फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले महायज्ञमार्फत नेपालले विश्वशान्तिक र वैदिक विचारको प्रबर्धनमा महत्वपूर्ण योगदान गरेको बताए । ‘यो महायज्ञले नेपाल र नेपालीको शिर उँचो बनाएको छ । हाम्रो वैदिक र यज्ञ परम्पराको विश्वभर ध्यानाकर्षण भएको छ’, बाँस्कोटाले भने । उनले महायज्ञका दौरान आयोजिक प्रांगारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान सम्मेलन एवं भावातीत ध्यान शिविर पनि सफलताका साथ सम्पन्न भएको बताए ।

महायज्ञका दौरान दैनिक १ हजार १ सय ११ वैदिक बटुकहरुबाट विधिपूर्वक रुद्राभिषेक गरिएको थियो भने १५ लाख दीप प्रज्जवलन गरिएको थियो । महायज्ञको समापन समारोहमा बोल्दै विश्व हिन्दु महासंघका अध्यक्ष डा. रामचन्द्र अधिकारीले नेपालमा धर्म रुपान्तरणको बढ्दो क्रम रोक्न आह्वान गरे । उनले हिन्दु धर्मले विश्वलाई नेतृत्व गर्न सक्ने भएकाले नेपाललाई संसारको गुरुराष्ट्र बनाउने अभियान सफल पार्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img