विश्व ध्यान दिवसमा नेपाल महर्षि वैदिक फाउण्डेसनले ध्यान अभियान सन्चालन गर्ने

काठमाडौँ । संयुक्त राष्ट्रसंघद्वारा घोषणा गरिएको विश्व ध्यान दिवसको अवसरमा २१ डिसेम्बरमा नेपालमा पनि सामूहिक ध्यानको कार्यक्रम हुने भएको छ। नेपाल महर्षि वैदिक फाउण्डेसनले भोली विश्व ध्यान दिवसको अवसरमा देशव्यापी सामूहिक भावातीत ध्यान सहितको कार्यक्रम आयोजना गरेको छ।  विहान ८ः४५ बजेदेखि महर्षि वैदिक इन्स्टिच्युट, ब्रह्मानन्द सरस्वती ग्राममा भने विशेष सामूहिक भावातीत ध्यान सहितको कार्यक्रम आयोजना गरिएको फाउण्डेसनले जनाएको छ । यसैगरी महर्षि अभियानको विश्वव्यापी संस्था विश्व शान्ति राष्ट्रम्ले पनि प्रत्येक देशको टाइमजोनका आधारमा लगातार ३२ घण्टासम्म सामूहिक भावातीत ध्यान तथा सिद्धिको अभ्यासको कार्यक्रम तय गरेको छ ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले सबै ध्यानी तथा सिद्धहरूलाई भावातीत ध्यान केन्द्रहरूले आयोजना गरेको सामूहिक ध्यानमा सहभागी हुन सार्वजनिक आह्वान गरेको हो । साथै सामूहिक ध्यानमा सहभागी हुन अनुकूल नभएमा जुम प्रविधिमार्फत अनलाइनबाट अन्तर्राष्ट्रिय सामूहिक ध्यानमा सहभागी हुन सकिने व्यवस्था गरिएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनले सबै ध्यानीहरूलाई देशभरका भावातीत ध्यान केन्द्रहरूमा सहभागि हुन सकिने जनाएको छ। ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलहरूमा पनि शनिबार बिहानको रुद्राभिषेक पछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुनेछ ।

त्यसैगरी नेपाल सरकारले पनि डिसेम्वर २१ मा ध्यान दिवस मानउने निर्णय गरिसकेको छ । संयुक्त राष्ट्रसंघको विशेष कार्यक्रम, २० डिसेम्बर २०२४ मा न्यू योर्क सिटीमा आयोजना भएको छ । यसका प्रमुख वक्ता डा. टोनी नादरले २१ डिसेम्बरमा एक अद्वितीय, निरन्तर चल्ने वैश्विक सामूहिक ध्यानको कार्यक्रम पनि सञ्चालन गर्नुहुनेछ कार्यक्रम रहेको आयोजकले जनाएको छ । नेपालमा भने बिहान ८ः४५ बजे र साँझ ५ः४५ बजे ध्यान गरिने छ । यो वैश्विक सामूहिक ध्यान न्यूजील्याण्डबाट सुरु भएर पश्चिमतिर बढ्दै ३२ घण्टासम्म चल्नेछ र हवाईमा समाप्त हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img