धर्म–संस्कृति जोगाउन ज्योतिषीहरुको भूमिका अतुलनीय

काठमाडौं । पशुपतिनाथ मन्दिरका प्रमुख अर्चक रावल गणेश भट्टज्यूले ज्योतिषीहरूले धर्म–संस्कृति जोगाउन उल्लेखनीय भूमिका खेलेको बताउनुभएको छ । नेपाल ज्योतिष परिषद्ले बुधबार डिल्लीबजारको होटल पेन्सन वासनामा गरेको २७ औं वार्षिकोत्सव समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि भट्टले ज्योतिषीहरूले धर्म–संस्कृति जोगाउन उल्लेखनीय भूमिका खेलेका बताउनुभएको थियो । ‘ज्योतिषीले पञ्चाङ्ग गणना गरेर नागरिकको जीवनयापनमा सहजीकरण गरेका छन्’, उहाँले भन्नुभयो– ‘हामीले गर्ने हरेक तिथि, व्रत, चाडपर्व, मुहूर्तका कार्यमा ज्योतिषीले ठूलो योगदान पुर्याएका छन् ।’

May be an image of 8 people and text

त्यस्तै, पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले ज्योतिष तथा पण्डितहरू आफ्नो आचारसंहितामा रहनुपर्ने बताउनुभएको थियो । यसपालिको पञ्चाङ्ग पात्रो आउन केही ढिलो भएको भन्दै उहाँले परिषद् लगायत ज्योतिषी क्षेत्रमा काम गर्ने अन्य संघ–संस्थाले दिएको सुझाव मनन गरेर विकास समितिले काम गरेको बताउनुभएको थियो ।

वाल्मीकि विद्यापीठका प्राचार्य भागवत् ढकालले परिषद्सँग वाल्मीकि विद्यापीठले सहकार्य गरेर ज्योतिषका क्षेत्रमा काम गर्ने बताउनुभएको थियो । ‘तन्त्र, धर्मशास्त्र, वेदान्त, कर्मकाण्ड लगायतका विषयमा विद्यापीठले छुट्टै कक्षा तथा गोष्ठीसमेत गर्दै आएको छ ।’ –उहाँले भन्नुभयो ।

May be an image of 2 people and dais

ज्योतिषीको समस्यालाई सम्बोधन गर्दै आफू ज्योतिषलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन लागिपरेको ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष केशवप्रसाद धितालले बताउनुभएको छ ।

कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, सभापति आचार्य लक्ष्मण पन्थी, परिषद्का प्रमुख सल्लाहकार माधवराज पाण्डे, कालाग्नीरुद्रपीठ लडकेश्वरधामका पिठाधीश मुकुन्द शर्मा हुमागाई, पँचांग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल, परिषद्कै वरिष्ठ सल्लाहकार विष्णुदत्त लेखक, सहप्राडा पुरुषोत्तम भट्टराई, डा.दण्डपाणी अर्याल सल्लाहकार अरुणकुमार पाण्डे, कार्यकारी सभापति कमलप्रसाद काफ्ले, महासचिव विश्वप्रकाश लामिछाने,महिला ज्योतिष संघकी अध्यक्ष रतिदेवी जोशी श्रेष्ठ, महर्षि वैदिक फाउण्डेशनका भरतराज पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

May be an image of 3 people and text

कार्यक्रममा शुभ पञ्चाङ्गका पञ्चाङ्गकार ज्यो. दामोदर जोशी, परिषद्का वरिष्ठ सल्लाहकार डा.दण्डपाणी अर्याल, वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपाने, नेपाल समाचारपत्रका जिल्ला शाखा प्रमुख सूर्यप्रसाद अर्याल, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव तथा नेपाल न्युज नेटवर्कका युवराज गौतम लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम परिषद्का अध्यक्ष केशवप्रसाद धितालको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेको स्वागत मन्तव्य एवम् उपमहासचिव घनश्याम चापागाई र सचिव शिवलाल पौडेलको सहजीकरणमा सम्पन्न भएको हो । कार्यक्रममा करिब १३० ज्योतिषी पण्डितहरुको उपस्थिति रहेको आयोजकले बताएको छ । May be an image of 3 people and dais

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img