महाकवि देवकोटा क्याम्पसको आयोजनामा यस क्षेत्रमा रहेका माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाहरुलाई कम्प्युटर सम्बन्धी नवीन ज्ञान प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको दिने निशुल्क कम्प्युटर शिक्षा तालिम सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पसका निमित्त क्याम्पस प्रमुख बबिन शर्माको अध्यक्षता, सुनवल नगरपालिका वडा नं.४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा महाकवि देवकोटा क्याम्पसका विभागीय प्रमुख भिमलाल ढकाल, यस क्षेत्रका विभिन्न माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिका, क्याम्पसका शिक्षक शिक्षिका लपगायत ४५ जनाको सहभागिता रहेको रहेको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि पङ्गेनीले कम्प्युटर बिना अहिलेको शिक्षा अपाङ्ग सरह हुने तथ्य उल्लेख गर्दै क्याम्पसले निशुल्क कम्प्युटर शिक्षा तालिम संचालन गरेर सराहनीय कार्य गरेको विचार व्यक्त गर्नुभयो । उक्त तालिममा सहभागी शिक्षक शिक्षिकाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । तालिम समापनको अवसरमा आफ्नो अनुभव मन्तव्यका क्रममा धान्याञ्चल महायज्ञ माध्यमिक विद्यालयका शिक्षक वेदलाल पन्तले क्याम्पसले कम्प्युटर शिक्षा तालिम संचालन गरेर माध्यमिक तहमा अध्यापनरत शिक्षक शिक्षिकाहरुलाई कम्प्युटर सम्बन्धी नयाँ ज्ञान प्राप्त गर्ने अवसर दिएको भन्दै आयोजक क्याम्पसलाई धन्यवाद दिनुभयो । कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष शर्माले तालिममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै तालिमले पक्कै पनि सहभागीहरुमा कम्प्युटर सम्बन्धी नयाँ ज्ञान प्रदान गरेको विचार व्यक्त गर्नुभयो । सो अवसरमा शिक्षक विकाश रानाले कार्यक्रमको ढाँचा प्रस्तुत गर्नुभएको थियो भने उप प्राध्यापक हरिदत्त शर्माले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
महाकवि देवकोटा क्याम्पसमा निशुल्क कम्प्युटर तालिम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)














