लामाले गुमाए संसदीय दलको नेताको हैसियत, नयाँ मुख्यमन्त्री इन्द्र बानियाँ बन्ने निश्चित

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । आज भएको मतविभाजनमा उनको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ ।

आज बसेको संसदीय दलको बैठकमा मत विभाजन भएको हो । अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसद तानातानबीच आफ्नो पक्षमा बहुमत सांसद लिन सफल भएसँगै लामालाई हटाएर इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ ।

शुक्रबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने २१ मध्ये १ सांसद फर्किएर लामाको पक्षमा गएपनि श्यामकुमार खड्कालाई खानेपानी मन्त्रीबाट राजीनामा गराएर बानियाँले आफ्नो कित्तामा उभ्याउँदा २२ मत प्राप्त गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img