
- नेप्से परिसूचक ७.७९ अंकले घटेर २ हजार ६८८.८८ विन्दुमा झरेको छ।
- दैनिक कारोबार रकम घटेर ४ अर्ब २ करोड रुपैयाँमा सीमित भएको छ।
- अधिकांश समूहगत सूचक घट्दा १८६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७९ अंकले घटेर २ हजार ६८८.८८ विन्दुमा झरेको छ । बुधबारको बजारमा ७८ कम्पनीको मूल्य बढ्दा १८६ कम्पनीको घट्यो भने ११ कम्पनीको स्थिर रह्यो ।
यस्तै, मातृभूमि लघुवित्तको मूल्य ४.५४, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.४२ तथा शुभम् पावरको ४.२६ प्रतिशत मूल्य घट्यो भने एभरेस्ट कलर कम्पनीको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै स्नो रिभर्सको ४.९०, खानीखोला हाइड्रोपावरको ३.६२, हिमालयन पावर पार्टनरको ३.३५, मेन्छियाम हाइड्रोपावरको २.२४ प्रतिशत मूल्य बढ्यो ।















