कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, पार्किङ स्थल र बगैंचा बुकिङ

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृह बुकिङ गरेको छ।
  • आगामी असोज १५ देखि २० गतेसम्म ६ दिनका लागि उक्त स्थान बुक गरिएको हो।
  • महाधिवेशनको मितिलाई लिएर पार्टीभित्र दुई पक्षबीच फरक मत देखिएको छ।

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ।

मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभा गृहका प्रमुखलाई पत्र पठाएर बुकिङ गरेका हुन्। दुलालले पठाएको चलानी नम्बर १०२९ को पत्रमा प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैंचा उपलब्ध गराउन अनुरोध गरिएको छ।

पत्रमा ‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय’को नाममा हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गर्न भनिएको छ। महाधिवेशनका लागि कांग्रेसले आउँदो असोज १५ देखि २० गतेसम्म ६ दिनका लागि बुकिङ गरेको हो।

सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बठकले आउँदो असोज १५ देखि २० गतेसम्म १५औं महाधिवेशन गर्ने तय गरेको थियो। संस्थापनइतर पक्षले भने डा. शशांक कोइरालाको नेतृत्वमा छुट्टै महाधिवेशन कार्यातालिका सार्वजनिक गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

विभिन्न धार्मिक संघसंस्थाहरुद्वारा भोटेकोशी बाढीका मृतकहरुको सम्झनामा दिप प्रज्वलन

श्रीकृष्णाष्टमीको आध्यात्मिक काव्यमहोत्सवको सौन्दर्य, सन्देश र दार्शनिक प्रतिध्वनि

बाढीपीडितका लागि नेपाल ज्योतिष परिषद्को २,२३,१४३।– रकम सहयोग

अर्घाखाँचीबाट बाढीपिडितलाई आर्थिक सहयोग

आज प्रतिनिधिसभाको बैठक बस्दै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img