भारत । भारतको उत्तर प्रदेश मेरठमा रहेको उत्तर प्रदेशको एक नम्बरमा रेङ्किङमा पर्ने विश्वविद्यालयको ज्योतिष विभागको प्रथम वार्षिकोत्सव समारोहको अवसरमा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष महोत्सवमा दक्षिण एसियाली ज्योतिष महासंघको तर्फबाट प्रतिनिधित्व गर्नुभई सहभागी हुने क्रममा अति विशिष्ट श्रेणीको आथित्यताको सेवा दिएको छ ।
सेप्टेम्बर ५ र ६ २०२६ मा भएको कार्यक्रममा उद्घाटन सत्रको प्रमुख अतिथि परमपुूज्य वास्सल्य सिंधु परम ज्ञानी महातपस्वी जैनाचार्य १०८ श्री सौरभ सागर जी महाराज, विशिष्ट अतिथिहरु दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थी, कुलाधिपति योगेश मोहन गुप्ता, प्रो कुलपति एमडि मायनक अग्रवाल, उपकुलपति डा दिपा शर्मा, ज्योतिष विभाग डाइरेक्टर तथा डिन आशा त्यागी, सह-प्रा प्रियंका निमेष, शुद्ध भारद्वाज पञ्चाङ्गका पञ्चाङ्गकार डा. पं. नरेश दत्त शर्मा, प्रियंका भारद्वाजभारतका चर्चित ज्योतिषी डा। एच एस रावत, स्वेता खन्डेलवाल, अनिल माथुर, भोपालका राज ज्योतिषी कृपाराम उपाध्याय, डा अल्पना मिस्र लगायतकाको उपस्थिति रहेको थियो ।
दोस्रो दिनको पहिलो सत्रको प्रमुख अतिथित्यता दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थीले गर्नुभएको थियो भने अन्तिम सत्र सम्मान सत्रको प्रमुख अतिथ्यता पुर्व शिक्षा मन्त्री तथा चर्चित ज्योतिषी नन्दकिशोर पुरोहितले गर्नुभएको थियो । कार्यक्रममा भारतको बिभिन्न प्रान्तका ज्योतिषीहरू, सहप्रा हिमशिखा अग्रवाल, राजकुमार शर्मा राजस्थान, नरेश शर्मा, कृष्ण कुमार महर्षि, मानवेन्द्र रावत, सुमति सक्सेना , पुजा अवस्थी श्रीलंकाबाट मिस्टर वान्डुलम, मिस दिल्मि , भुटान, बेलायत लगायत विभिन्न देशका झन्डै १५०० जनाको प्रतिनिधित्व रहेको थियो । कार्यक्रमको सभापतित्व डिन आशा त्यागीले गर्नुभएको थियो ।















