एसीसी यू–१९ प्रिमियर कप : सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने

काठमाडौं । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएकाे छ ।

नेपाल समूह ‘ए’ र जापान समूह ‘डी’ काे विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । नेपाल र जापानबीचकाे खेल भाेलि शनिवार हुनेछ । नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेटले र साउदी अरेबियालाई ३ सय १ रनले हराउँदै समूह विजेता बनेकाे थियाे । यस्तै जापानले समूह विजेता बन्ने क्रममा हङकङलाई डकवर्थ लुइस पद्धतिकाे आधारमा ५७ रन, इन्डाेनेसियालाई ९ विकेट र मलेसियालाई डकवर्थ लुइस पद्धतिकाे आधारमा ६ विकेटले हराएकाे थियाे ।

प्रतियाेगिताकाे दाेस्राे सेमिफाइनलमा समूह ‘बी’ काे विजेता यूएई र समूह ‘सी’ काे विजेता सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ । याे खेल पनि शनिवार नै हुनेछ ।

एसीसी यू–१९ प्रिमियर कप प्रतियाेगिताकाे फाइनल खेल आउँदाे मङ्गलवार हुनेछ । प्रतियाेगिताकाे शीर्ष ३ मा पुग्ने टाेलीले आउँदाे डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img