१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार
spot_img

पाल्पाको रानीमहलमा जीप दुर्घटनामा हुँदा ६ जनाको ज्यान गयो

पाल्पा, ५ कात्तिक । पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । ज्यान गुमाउनेको परिचय भने नखुलेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो । जिप दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिई उद्धारमा लागेको पाल्पा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (75%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (25%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️