८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार
spot_img

अर्घाखाँचीः शक्तिपीठहरुमा सराय नाँच

घनश्याम पौडेल
अर्घाखाँची, ११ कात्तिक । पश्चिम पहाडी जिल्लाका कोतघर र देवीका शक्तिपीठहरुमा ‘वाख्खै–वाख्खै, हो’ भन्दै नाच भइरहेको छ । खुँडा, भाला, तरबार, ढाँडलगायतका घरेलु हतियार नचाएर युद्धको झल्को दिने गरी पञ्चेबाजासहितको तालमा सराय नाचिन्छ ।

पश्चिम अर्घाखाँची, गुल्मी, प्युठान, पाल्पा, स्याङ्जालगायतका जिल्लामा कोट, दुर्गा र कालिका मन्दिरहरुमा दशैंसँगै सराय नाचको विशेष महत्त्व छ । यी जिल्लाहरूमा दशैंको टीकाको भोलिपल्ट एकादशीदेखि पूर्णिमासम्म कोतघर, दुर्गाभगवतीका शक्तिपीठमा पञ्चेबाजा गुन्जिन्छन् । सराय नाचले सबैतिर रौनकता बढाएको जिल्ला समन्वय समितीका प्रमुख जिवनारायण कोईराला बताउँछन् । दशैं मनाउन घर फर्किएकाहरू सराय नाच्छन् र मन्दिरबाट निकालिने देवीका आलाममा फूलपाती, अक्षता र भेटी चढाएर दर्शन गर्नेको यतिबेला भीड हुने गर्छ ।

इतिहासका जानकारहरुका अनुसार देवताले राक्षसमाथि विजयी हासिल गरेपछि टीका लगाउने र त्यसको खुशीयालीमा सराएँ नाच नाचिने गरिन्छ । विशेषगरी दुर्गा र कालिका मन्दिरमा खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी नाचिने सराएँ नाचमा हतियार एकआपसमा जुधाइन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको इतिहासका जानकार पण्डित चन्द्रमणि घिमिरेले बताए ।

बाइसे–चौबिसे राजा बस्ने दरबार र कोतघरमा सराय नाचेर पूर्णिमाको दिन दशैँ बिदा गर्ने यस क्षेत्रको चलन रहेको छ । सराय नाच्न र मन्दिरमा दर्शन गर्न अधिकांश मानिसहरू घरमा ढोका लगाएरै जाने गर्छन् । यसरी मन्दिरमा जाने दर्शनार्थीहरू बिहानै नुहाएर टपरीमा फूलपाती लिएर मन्दिरमा भेटीसहित चढाउने परम्परा रहेको छ । बाखै हो, वाखै हो भन्दै खेलिने सराय नाँचमा युवापुस्ताहरु आकर्षित छन् । हतियार नचाएर सराय नाचप्रति युवाको आकर्षण बढ्दो रहेको पाणिनी ४ का युवा कृष्ण गैरेले बताए ।

दैत्य र दानवहरूमाथि देवी–देवताले विजय हासिल गरेपछि यही खुसीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान सुरु भएको किंवदन्ती छ । सप्तमीको दिन फूलपाती भित्र्याएपछि मन्दिर वा कोटमा आलम (भगवानको प्रतिमा) निकाल्ने गरिन्छ । विभिन्न रंगीचंगीसहितका ध्वजापतकाले सिँगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा मन्दिरबाहिर सजाएर राखेपछि दैनिक पूजापाठ गर्ने गरिन्छ ।

दशमीको दिनदेखी सुरु हुने सराय नाँच अर्घाखाँचीको अर्घा, आलमदेवी, मालिका देवी, कालिका देवी सहित खाँचीकोट र ठाडाको कालिका भगवती मन्दिर, गुल्मीको धुर्कोटमा सहित जिल्लामा सराय नाच भइरहेको छ । गुल्मी, अर्घाखाँची पहाडी जिल्लाबाट तराइमा बसाइसराई गरेकाले पनि आफ्नो ठाउँ कपिलवस्तु, दाङ र रुपन्देहीमा सराय नाच हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img