१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार
spot_img

अर्घाखाँचीको पोखराथोकमा भेटियो एक पुरुषको शव

अर्घाखाँची । अर्घाखाँचीको पोखराथोकमा एक जना पुरुषको बेवारिशे शव फेला परको छ ।

पाणिनि गाउँपालिकाकाे सालझन्डी-सन्धिखर्क सड्क अन्तर्गत पाेखराथाेककाे बालासिद्व मन्दिर नजिकैको भिरमा एक पुरुषको शव फेला परेको पोखराथोकका वडाध्यक्ष चन्द्रकान्त पौडेलले जानकारी दिए।

भिरको बिचमा शव अड्कीएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पोखराथोक प्रहरीचौकीको टिम र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिपेन्द्र रावलको टोली पुगेर अनुसन्धान गरिरहेको छ । मृत पुरुषको सनाखत हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (84%)
  • अचम्मित (5%)
  • हाँस्यास्पद (11%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️