शितगंगाले जित्यो अन्तरपालिका स्तरिय रनिङ शिल्डको उपाधि

घनश्याम पौडेल
अर्घाखाँची । एवाईसी अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिता २०८० को उपाधि शितगंगा नगरपालिकाले जितेको छ । अर्घाखाँची युवा परिषद्द्धारा आयोजना भएको चौथो एवाईसी भलिबल प्रतियोगिता खेलमा सन्धिखर्क, भुमिकास्थान, शितगंगा नगरपालिका र पाणिनी, छत्रदेव, मालारानी गाउँपालिकाको टिम सहभागी भएका छन् ।

यो वर्ष सञ्चालन भएको अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताको चौंथो संस्करणको उपाधी शितगंगा नगरपालिकाले पाणिनी गाउँपालिकालाई पराजित गर्दै हात पारेको छ । प्रतियोगिताको फाईनल खेलमा पाणिनी गाउँपालिकालाई ३-० को सोझो सेटमा हराउदै उपाधि चुम्न सफल भएको हो ।

योवर्ष सँगै शितगंगाले २०७५, ०७६ मा जित हासिल गरेको थियो । कोरोनाका कारण गततिन वर्ष स्थगित भएको भलिबल खेलले योवर्षदेखी निरन्तरता पाउँने अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले बताए । एवाईसी अन्तरपालिका स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगितामा सितगंगाले ह्याट्रिक गरेको छ ।

प्रथम शितगंगा, द्धितिय पाणिनी र तृतिय सन्धिखर्क नगरपालिका भएका छन् । प्रथम हुने टिमलाई अक्षरुपी ५० हजार दोस्रो हुने टिमलाई अक्षरुपी रु ३० हजार त्यस्तै तेस्रो हुने टिमलाई २० हजार साथै आकर्षक रनिङ्गशिल्ड,मेडल,तथा प्रमाणपत्र संगै शिल पचाउने टिम शितगंगाले थप पचास हजार गरि एक लाख रुपैँया पुरस्कार पाएको महासचिव प्रकाश भुसालले बताए । लामो समयदेखी सामाजिक क्षेत्रमा कृयाशिल हुदैँ आएको अर्घाखाँची युवा परिषद्ले खेलकुद तथा सास्कृतिक, धार्मिक तथा अन्य सामाजिक सरोकारका सामाजिक कार्यहरु गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img