लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले बस्याललाई अर्घाखाँची अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । लामो समय देखि राजनीति एवं समाजसेवा गर्दै आएका बस्याल अस्पताल बिकास समितिको अध्यक्षमा नियुक्त भएसंगै अस्पतालको सेवा प्रवाह अझ प्रभावकारी बन्नेमा धेरैको अपेक्षा रहेको छ ।
यस्तै अर्घाखाँची सहित लुम्बिनी प्रदेशका १३ वटा अस्पताल विकास समितिका अध्यक्ष मनोनित गरिएको छ । दुईवटा प्रादेशिक अस्पताल र ११ वटा जिल्ला अस्पतालको विकास समिति अध्यक्ष टुंगो लगाइएको हो ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ निवासी दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठलाई मनोनित गरिएको हो ।
त्यस्तै प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्याम कान्त खनाललाई अध्यक्षमा मनोनित गरिएको छ ।
त्यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भिम अस्पताल भैरहवामा डा. अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजनलाई मनोनित भएका हुन ।