हास्यकलाकार भुवनेश्वर अधिकारी ‘कागे’ ले गरे सातौ बृहत् ‘काग सम्मेलन’

अर्घाखाँची । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात यमपञ्चकको पहिलो दिन आज बिहानै कागको पूजा गरिँएको छ। अर्घाखाँचीको सामुदायिक रेडियो देउराली १०१ मेगाहर्जको संयोजकत्वमा देशभरका सयौ रेडियो एफएम स्टेसनबाट सातौ बृहत् ‘काग सम्मेलन’ २०८० सम्पन्न गरिएको छ ।

सम्मेलनमा बहुचर्चित हास्यकलाकार भुवनेश्वोर अधिकारि ‘कागे’ ले विभिन्न एफएम रेडियो स्टेसनको छतमा राखिएको स्पिकरबाट कागको स्वर निकालि कराउदा कागलाई एकै ठाउँमा जम्मा पारेको दृश्य आसपासका जनसमुदायहरुले रमाइलो गरि अवलोकन समेत गरेका थिए ।

अधिकारीले कागको स्वर निकालेर बोलाएपछि कागहरू उनको आवाज भएको रेडियोको भवनमा राखिएको स्पिकरसम्म आइपुगेका थिए । अधिकारिले विगत ७ वर्षदेखि काग तिहारका अवसरमा रेडियोबाट काग सम्मेलन गर्दै आएका छन् ।

काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले काग सम्मेलनको उद्देश्य सस्कृतिको जगेर्ना तथा लोप हुदैँ जान लागेका चराचुरुङगीको सरंक्षण गर्ने रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img