पार्टीलाई हिन्दू राष्ट्रको पक्षमा उभ्याउन कांग्रेस लुम्बिनी सम्मेलनमा उठ्यो माग

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीले तहगत संरचनालाई जिम्मेवारी दिन र हस्तक्षेप नगर्न केन्द्रलाई आग्रह गरेको छ । बुटवलमा सम्पन्न दुई दिने सम्मेलन पार्टी केन्द्रलाई तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गर्दै सकिएको हो । कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले संघीय संरचनाअनुसार पार्टीलाई पनि चलायमान बनाउन केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको बताए ।

‘प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी दिनुपर्छ । केन्द्रले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न पनि आग्रह गर्छौं’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रअनुसार हाम्रो पार्टीको संरचनालाई पनि चलायमान बनाउनुपर्‍यो । स्थानीय नेता तथा कार्यकर्तालाई क्रियाशील बनाउने र निर्देशन गर्ने काम पार्टीको स्थानीय समितिले गर्नुपर्छ ।’

प्रदेश सभापति पुनले संघीय सरकारले पनि संविधानअनुसार प्रदेश सरकारलाई अधिकार दिएर चलायमान गराउन सम्मेलनमार्फत आग्रह गरिएको जानकारी दिए । उनका अनुसार प्रदेश सभापतिलाई केन्द्रीय सहमहामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्छ भन्ने सुझाव सम्मेलनमा उठेको छ ।

मुलुकको विकास र समृद्धिको लागि अरु पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नुपर्ने भन्दै प्रदेश सम्मेलनले अन्तरपार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय सहकार्य गर्ने गर्ने निर्णय गरेको छ । संघदेखि वडा संरचनासम्म अरु पार्टीसँग समन्वय गर्न लुज फोरम बनाउनुपर्ने प्रदेश सभापति पुनले बताए ।

कांग्रेसको क्रियाशीलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनीले आग्रह गरेको छ । पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरु पनि तल्लो तहबाट स्वतः प्रतिनिधि बन्ने व्यवस्था खारेज गर्न, सबैले तलैदेखि लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ ।

शनिबार सुरु भएर आइतबार भएको बन्दसत्रमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाद्वारा प्रस्तुत प्रतिवेदनमाथि ४ वटा समूह बनाएर छलफल गरिएको थियो ।

समूहगत छलफलमा पार्टीको आन्तरिक गतिविधिसँगै मुलुकका समस्याका बारेमा पनि प्रतिनिधिहरुले सुझाव दिएका थिए । समूहगत छलफलका सुझावहरु समूहका नेताहरुले बन्दसत्रमा पेश गरेका थिए । प्राप्त सुझावलाई समेटिने गरी प्रस्तुत प्रतिवेदनहरु पारित गरिएको थियो ।

सम्मेलनमा सहभागी अधिकांश प्रतिनिधिले पार्टीले हिन्दू राज्यको पक्षमा निर्णय लिन सुझाव दिएका छन् । तर, यसलाई संस्थागत निर्णय भने गरिएको छैन । कांग्रेस सभापति शेरबहादुर देउवा स्वयंले पनि केही दिनअघि अहिलेको व्यवस्थाको विरुद्ध अन्य विकल्प सोच्न पनि नसकिने तर हिन्दू धर्मको विषयमा सकारात्मक हुन सकिने आशय व्यक्त गरेका थिए ।

सम्मेलनमा अब हिन्दू धर्मका विषयमा तत्काल निर्णय गर्न नसके पार्टी कमजोर हुने सुझाव आफूहरुले दिएको प्रतिनिधि लोकेन्द्र विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img