२७ मंसिर २०८१, बिहिबार
२७ मंसिर २०८१, बिहिबार
spot_img

नेफ्स्कून महासचिवमा सन्दीप सापकोटाको उमेद्धवारी

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को महासचिव पदमा सन्दीप सापकोटाले आफ्नो उमेद्धवारी घोषणा गरेका छन् ।

नेपालका बचत तथा ऋण सहकारी संघसंस्थाहरुको केन्द्रीय  छाता संगठन नेफ्स्कूनको निर्वाचन सहितको ३२औ साधारण सभामा आफु महासचिवको दावेदार रहेको सापकोटाले बताए । संघको वहालवाला संचालक समेत रहेका सापकोटा विगत २५ वर्ष देखि सहकारी अभियानमा कृयाशिल छन ।

यहि पौष ७ र ८ गते काठमाण्डौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गईरहेको वार्षिक साधारणसभामा देशभरका बचत तथा ऋण सहकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीमा आगामी चार वर्षे कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन हुँदैछ । सहकारी अभियान भित्रको मजबुत संघको रुपमा स्थापित नेफ्स्कूनको आसन्न निर्वाचनलाई लियर अभियान भित्र भावि नेतृत्वको विषयमा विभिन्न अडकलबाजीहरु चलिरहेका छन् ।

उसो त तिन ठुला राजनैतीक दलहरुको बाहुल्यता रहेको संघमा विशेष गरी नेकपा एमाले र नेपाली काङग्रेसले नेतृत्वमा आ – आफ्नो दाबी यस अघिनै प्रस्तुत गरिसकेका छन् ।

नेकपा माओवादी केन्द्र निकट सापकोटा वर्तमान नेफ्स्कून संचालक समितिभित्र विवाद रहित पात्रको रुपमा चिनिन्छन् । हाल उनी राष्ट्रिय सहकारी विकाश वोर्डको कार्यकारी सदस्यसहित राष्ट्रिय युवा परिषदको समेत सदस्य रहेका सापकोटा नेफ्स्कूनको लुम्बीनी प्रदेश प्रमुख समेतको जिम्मेवारीमा छन्  ।

आसन्न नेफ्स्कून निर्वाचनमा निर्णायक शक्तिको रुपमा हेरिएको माओवादी केन्द्रले हालको वर्तमान सत्ता  साझेदार दल नेपाली काङग्रेस वा नेकपा एमाले मध्येको सँग गठबन्धन गर्ने हो भन्ने चासोका साथ हेरिएको छ । गठबन्धन को सँग गर्ने ? भन्ने प्रश्नमा सापकोटाले मुख्य विषय गठबन्धनको भन्दा पनि पछिल्लो समय साकोस अभियानमा देखिएको अविश्वास र अभियान भित्रको शुद्धिकरण रहेको बताउदै, राज्य सँग नीतिगत बहस पैरवी र अभियानलाई सहि दिशामा दोहो¥याउन सक्ने नेतृत्वसँग पार्टी  नेतृत्वले छलफल गरी कार्यगत एकताको विषय टुङग्याईने उनले बताए ।

नेफ्स्कूनको ३२औं साधारण सभाबाट संघको विनियममा व्यवस्था भए बमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष सहित १९ जनाको संचालक समिति र लेखा सुपरिवेक्षण समिति संयोजकसहित तिन सदस्यीय  लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन हुँदै छ । हाल नेफ्स्कूनमा करिव पाँच हाजर बचत तथा ऋण सहकारी संघसंस्था आवद्ध हुनुका साथै २५ अरव माथिको वित्तीय कारोवार गर्दै आईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img