विगतका सबै दुःख बिर्सन र घृणाको आगो मिलेर निभाउन पूर्वराजा शाहको आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको हिजो र आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन्। भैरहवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उनले आफूलाई जता जाँदा पनि जनताले सरकार सञ्चालन गर्न आउन र देश बचाउन आग्रह गरिरहेको बताए।

‘म जता जाऊँ, जहाँ पुगौँ– जनआवाज उठेको सुन्छु,’ उनले भने, ‘मलाई आउन, हाम्रो देश बनाउन र देश बचाउन आग्रह गरिरहेको सुनिरहेको हुन्छु।’ जनताको नजरबाट आफू कतै नगएको उनको भनाइ थियो। ‘नेपालीहरूको सुख–दुःख, सुविधा–असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ उनले भने।

देश जर्जर बनेको तथा बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरू विदेश जान बाध्य भएका उल्लेख गर्दै उनले थपे, ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर, असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको छ, यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ।’

अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्नेमा जोड दिँदै पूर्वराजा शाहले आफू मात्र सही भन्न छाड्नुपर्ने धारणा राखे। विगतका सबै दुःख बिर्सिन र घृणाको आगो मिलेर निभाउन आग्रह गर्दै शाहले भने, ‘अब भाँच्चिएका टुक्राहरू जोडिदेऊ। उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने? पहिले अन्याय, अत्याचारबाट मुक्त गरिदेऊ। अनुहार फेरि-फेरि षडयन्त्र नगर। त्यस्ता चालबाट आफूलाई बचाइदेऊ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img