ललितपुर, पौष २१ । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति ललितपुरले रजत महोत्सव २०८० को पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला कार्य समिति निर्वाचित भएको एक वर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रमका प्रमुख आतिथि नेपाल ज्योतिष परिषदका केन्द्रीय अध्यक्ष ज्यो.माधवराज पाण्डेले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा परिषद्का वरिष्ठ केन्द्रीय सदस्य एवम् दक्षिण एशियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापती आचार्य लक्ष्मण पन्थी, उपत्यका समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशी, राजोपाध्याय समाजका अध्यक्ष, ललितपुर महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष, ,वडा नं ८ का महिला सदस्य, अग्निशाला ब्यबस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको जिल्ला कार्य समिति ललितपुरका उपाध्यक्ष एवम् रक्तदान कार्यक्रमका संयोजक शुशिल श्रेष्ठले जानकारी दिनुभयो ।
उपस्थित सहित ३६ जना रक्तदाताज्युहरुबाट रक्तदान भएको कार्यक्रममा जय जुइमा भि जुइमा संस्थाबाट महत्वपूर्ण सहयोग भएको जिल्ला अध्यक्ष सुभद्रिका शर्माले बताउनुभयो ।
परिषद् केन्द्रीय समितिले रजत महोत्सवका अवसरमा पौष २४ गते होटल हार्दिक बागबजारमा नेपाल सरकारका उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा रजत महोत्सव समारोहको आयोजना गरि स्थापना कालदेखि हालसम्म परिषद्को श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरुलाई सम्मान गर्न लागेको परिषद्का केन्द्रिय उपाध्यक्ष एवम् रजत महोत्सव आयोजक समितिका संयोजक आचार्य सन्तोष वाशिष्ठले जानकारी दिनुभयो ।