१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार
spot_img

रजत महोत्सव २०८० को अन्तिम तयारी

काठमाडौँ, पौष २३ । नेपाल ज्योतिष परिषद्को २६ औँ बार्षिकोत्सव तथा रजत महोत्सव समारोह २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । परिषद्ले स्थापनाकालदेखि विभिन्न समयमा विभिन्न माध्यमबाट हालसम्म परिषद्को श्रीवृद्धिमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने र सो कार्यको तयारी अन्तिम चरणमा पुगेको केन्द्रय अध्यक्ष ज्यो.माधवराज पाण्डेले जानकारी दिएका छन् । रजत महोत्सव समारोह– २०८० को उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले गर्ने तय भएको वरिष्ठ केन्द्रीय सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिएका छन् ।

समारोह सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोजक मूल समितिले २०८० पौष २० गतेको बैठकबाट विभिन्न उपसमितिहरु गठन गरेको छ । कार्यक्रम व्यवस्थापन उपसमिति संयोजकमा महासचिव ज्यो.कमलप्रसाद काफ्ले र सदस्यहरुमा उपमहासचिव ज्यो.वेदराज पन्त र केन्द्रीय सदस्य शिवलाल पौडेल रहनुभएको छ । स्वयंसेवक व्यवस्थापन तथा कार्यक्रम स्थल व्यवस्थापन उपसमिति संयोजकमा ज्यो.पं.लेखनाथ न्यौपाने र सदस्यमा खिलनाथ काफ्ले यसैगरी अतिथि सत्कार उपसमिति संयोजकमा ज्यो.लिलाराज शर्मा र सदस्यमा ज्यो.पिताम्बर पौडेल भोजन व्यवस्थापन उपसमिति संयोजकमा सुरजमुनि बज्राचार्य र सदस्यमा ज्यो.दै.ज्ञानेन्द्रप्रसाद जोशी मुद्रण तथा मानसम्मान व्यवस्थापन उपसमिति संयोजकमा ज्यो.यामप्रसाद पौडेल र सदस्यमा ज्यो.घनश्याम चापागाइ यस्तै नवग्रह पुजन तथा स्वस्तिवाचन उपसमिति संयोजकमा ज्यो.लेखनाथ न्यौपाने र सदस्यहरुमा, ज्यो.खिलनाथ काफ्ले, ज्यो.यामप्रसाद पौडेल, ज्यो.रविन पंगेनी, ज्यो.शिवलाल पौडेल रहेको आयोजक समितिका संयोजक एवम् केन्द्रीय उपाध्यक्ष आचार्य सन्तोष वाशिष्ठले जानकारी दिनुभयो ।

यस अघि नै नेपाल ज्योतिष परिषद्को रजतवर्ष महोत्सव आयोजक मूल समितिको संयोजकमा आचार्य उदयनारायण भट्टराई ‘सन्तोष वशिष्ठ’ र सदस्यहरुमा ज्यो.पं.लेखनाथ न्यौपाने, ज्यो.पं.कमल प्रसाद काफ्ले, ज्यो.लिलाराज शर्मा, ज्यो.वेदराज पन्त, प्राडा अर्जुनप्रसाद भट्टराई, ज्यो.भुपेन्द्रराज घिमिरे, ज्यो.यामप्रसाद पौैडेल, ज्यो.घनश्याम चापागाई, आचार्य लक्ष्मण पन्थी, ज्यो.खिलनाथ काफ्ले, ज्यो.सुदर्शन पौडेल, ज्योे. शिवलाल पौडेल, ज्यो.अग्निराज पौडेल, ज्यो.नारदमणि न्यौपाने हुनुहुन्छ भने सम्मान छनोट समिति संयोजकमा ज्यो.माधवराज पाण्डे र सदस्यहरुमाः डा.लोकराज पौडेल, आचार्य सन्तोष वाशिष्ठ, ज्यो.कमल प्रसाद काफ्ले, आचार्य लक्ष्मण पन्थी रहनुभएको छ । यस्तै कार्यक्रम स्थल छनोट समिति संयोजकमा आचार्य सन्तोष वाशिष्ठ, सदस्यहरुमा आचार्य लक्ष्मण पन्थी र ज्यो. शिवलाल पौडेल रहनुभएको थियो ।

रजत महोत्सव समारोहमा नेपाल पन्चाङ ्ग निर्णय विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, परिषद्का संस्थापक अध्यक्ष एवम् विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष, डा.लोकराज पौडेल, नेपाल पन्चाङ ्ग निर्णय विकास समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, नेपाल संस्कृत विश्वविद्यालय वाल्मिीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष प्राडा धनेश्वर नेपाल, विश्व ज्योतिष महासंघका सहअध्यक्षद्वय डा.मिलनकुमार थापा, वास्तुविद् डा.माधवमंगल जोशी, नेपाल संस्कृत विश्वविद्यालय वाल्मिीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकाल लगायत विशिष्ट विद्वान्हरुको उपस्थििति रहने रजत महोत्सव आयोजक समितिका सदस्य शिवलाल पौडेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img